समाचार
“गल्याङमा निःशुल्क आँखा शिविर सम्पन्न १९ जनाको मोतियाविन्दुको शल्यक्रिया”
वालिङ, ९ वैशाख ।
स्याङ्जाको गल्याङ नगरपालिकामा निशुल्क आँखा स्वास्थ्य शिबिर सम्पन्न भएको छ । नगरपालिकाका चार स्थानमा गरिएको निशुल्क आँखा स्वास्थ्य शिबिर अन्तर्गत चार ठाउँमा शिबिर सकिएको छ । गल्याङ नगरपालिका वडा नम्बर छ को वडा कार्यालयमा शिबिरको पहिलो दिन शनिबार वडा नम्बर ५ र ६ का सेवाग्राहीलाई लक्षित गरि शिबिर सम्पन्न भएको थियो ।
यस्तै शिबिरको दोश्रो दिन गल्याङ नगरपालिका ९ को जानकी माध्यमिक विद्यालयमा पनि वडा नम्बर ८,९ र १० लाई लक्षित गर्दै आइतबार शिबिर सञ्चालन भएको थियो । शिबिरको तेस्रो दिन गल्याङ नगरपालिका ७ का सेवाग्राहीलाई लक्षित गर्दै पेलाकोट स्वास्थ्य चौकीमा सोमबार शिबिर सम्पन्न भएको छ ।
कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरु प्रसाद भट्टराईले आँखाको संबेदनशिलतालाई बुझेर निःशुल्क आँखा शिबिरको आयोजना गरिएको बताउनुभयो । गाउँठाउमै भएका शिबिरबाट स्थानीयले लाभ लिइरहेको भन्दै उहाँले गल्याङ नगरपालिका नगरवासीको स्वास्थ्यप्रति संबेदनशील रहेको बताउनुभयो ।
आज सम्पन्न भएको शिबिरमा सेवाग्राहीको उत्साहजनक सहभागिता देखिएको छ । वडा नम्बर ९ मा भएको शिबिरमा १९० जना सेवाग्राहीहरुले निशुल्क आँखा परिक्षण साथै उपचार सेवा प्राप्त गरेका छन् । सेवाग्राहिमध्ये १० जनामा मोतियाबिन्दुको समस्या देखीएको गल्याङ नगरपालिका स्वास्थ्य संयोजक विष्णु ओलीले जानकारी दिनुभयो ।
वडा नम्बर छ को वडा कार्यालयमा भएको शिबिरमा १८९ जना सेवाग्राहीहरुले निशुल्क आँखा परिक्षण साथै उपचार सेवा प्राप्त गरेका छन् । ती सेवाग्राहि मध्ये २६ जनामा मोतियाबिन्दुको समस्या देखिएको स्वास्थ्य शाखा प्रमुख ओलीले जानकारी दिनुभयो ।
शिबिरको अन्तिम दिन मंगलबार वडा नम्बर १, २, ३, ४ र ११ का सेवाग्राहीलाई लक्षित गर्दै गल्याङ बल्पुकमा रहेको गल्याङ नगर अस्पतालमा सञ्चालित शिविरमा ३१५ जना सेवाग्राहीले निःशुल्क स्वास्थ्य परिक्षण गरेका छन भने १९ जना मोतियाविन्दुको समस्या भएका विरामीको निःशुल्क शल्यक्रिया गरिएको छ भने १ जना आँखा सम्बन्धि समस्या भएको विरामीको शल्यक्रिया गरिएको छ।