अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

नवनियुक्त शिक्षामन्त्री पन्तको शपथ आज, शिक्षक आन्दोलन समाधान गर्न मुख्य चुनौती

news

वैशाख ११, नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले आज शपथ लिँदै हुनुहुन्छ । शपथसँगै उहाँले आजैदेखि काम थाल्नुहुनेछ ।

निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि पन्त शिक्षामन्त्रीमा नियुक्त हुनुभएको हो ।

सामुदायिक विद्यालयका शिक्षकहरु तीन हप्ताभन्दा धेरै समयदेखि आन्दोलनरत रहेको बेला पन्त शिक्षामन्त्रीको जिम्मेवारीमा पुग्नुभएको छ ।

शिक्षक आन्दोलनको समाधान खोज्दै विद्यालयमा शैक्षिक गतिविधि पूर्ववत् रुपमा सञ्चालन गर्नु नवनियुक्त शिक्षामन्त्री पन्तको मुख्य चुनौती रहेको छ ।

शिक्षक आन्दोलनको कारण सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना र पठनपाठन अवरुद्ध छ । एसईईको उत्तरपुस्तिका परीक्षण हुन सकेको छैन भने आजदेखि शुरू हुनुपर्ने कक्षा १२ को परीक्षा १० दिन पछाडि सारिएको छ ।

शिक्षामन्त्री पन्तले पदभार ग्रहणसँगै आन्दोलनरत शिक्षकसँग संवाद गरेर समाधान खोज्न दबाब बढेको छ ।

नवनियुक्त शिक्षामन्त्री पन्तसँग २०६१ सालमा श्रम तथा यातायात व्यवस्थामन्त्री बनेको अनुभव छ । उहाँ २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी र २०६६ सालका प्रधानमन्त्री माधवकुमार नेपालका प्रेस सल्लाहकार हुनुहुन्थ्यो ।

अहिले एमाले स्थायी कमिटी सदस्यसमेत रहेका पन्त समानुपातिक प्रणालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

उहाँको पृष्ठभूमि पत्रकारितासँग पनि जोडिन्छ । उहाँले २०३२ सालदेखि पत्रकारिता शुरू गर्नुभएको थियो । पन्तले बुधवार साप्ताहिक, छलफल साप्ताहिक, नवयुग मासिक, युगधारा (रातो) र नेपाल पत्रकार महासङ्घमा महासचिव भएरसमेत काम गर्नुभएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...