अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भेषजराज साहित्य प्रतिष्ठानकोे ८४ औँ शृङ्खला

news

 
रेडियो आँधीखोला,
वालिङ १४ बैसाख ।
भेषजराज साहित्य प्रतिष्ठान स्याङ्जाले नियमित रचनावाचनको ८४ औं शृङ्खला सम्पन्न गरेको छ । प्रतिष्ठानले मासिकरुपमा सञ्चालन गर्दै आएको नियमित रचनावाचनको ८४ औं शृङ्खला शनिबार वालिङ १ स्थित अर्मादी अङ्ग्रेजी आवासीय माविको सभाहल सम्पन्न गरेको हो । कार्यक्रममा वालिङ नगरपालिका १ नम्वर वडा अध्यक्ष एवम् नगर प्रवक्ता पदमराज गुरुङले साहित्यले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । गुरुङले समाजका विकृति विसङ्गतिलाई साहित्यीक रचनाले उजागर गर्दै र सामाजिक सचेतना फैलाउने उल्लेख गर्नुभयो ।  प्रतिष्ठानले आयोजना गर्ने नियमित रचनावाचन कार्यक्रमले भेषजराज शर्माको साहित्यीक योगदानको सम्मानसँगै लेखन वृत्ति विकासमा टेवा पु¥याएको उहाँले औंल्याउनुभयो । उहाँले प्रतिष्ठानका लागि संस्थागत एवम् अग्रज गुरुको सम्मानार्थ आफ्नो तर्फबाट सँधै साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
 
कार्यक्रम विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा गण्डकी प्रदेशका पूर्व सभासद मोहन रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । पुर्व सांसद रेग्मीले नेपाली साहित्यमा भेषजराज शर्माको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले प्रतिष्ठानको नियमित रचनावाचन कार्यक्रमले अग्रज स्रष्टा सम्मानसँगै नवप्रतिभाहरुलाई अवसर प्रदान गरेर सराहनीय कार्य गरेको व्यक्त गर्नुभयो । 
पूर्व सांसद रेग्मीले नियमित लेखन तथा वाचन अभ्यासले मानिसको बौद्धिक विकासमा वृद्धि ल्याउने उल्लेख गर्नुभयो । सामाजिक सचेतनासँगै विभिन्न कालखण्डमा देशमा भएका राजनीतिक परिवर्तनमा साहित्यकारहरुको अहम भूमिका रहेकोसमेत उहाँले औंल्याउनुभयो । कार्यक्रममा डेढ दर्जन बढिले आ आफ्ना रचनावाचन गरेका थिए ।
 
कार्यक्रममा कविहरू ढालबहादुर केसी, बोधराज न्यौपाने, देशबन्धु आचार्य, अमृत रेग्मी, सुरेश पंगेनी, वसन्त खनाल, नीलकण्ठ लम्साल, यमकान्त खनाल, चिरञ्जीवी अर्याल, लेखनाथ काफ्ले, कवयित्रीहरू दमकुमारी बगाले र सुभद्रा रेग्मी तथा बाल प्रतिभाहरू रूबी रेग्मी, पूर्णिमा नेपाली, अनुष्का पंगेनी र समिना गुरुङले आआफ्ना रचना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य लेखनाथ काफ्लेले, धन्यवाद ज्ञापन प्रतिषठानका अध्यक्ष यमकान्त खनालले राख्नुभयो भने सञ्चालन सचिव श्यामप्रसाद ढुङ्गानाले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...