अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

वालिङका ७९७ सुनौला हजार दिनका आमालाई पोषिलो आहार

 
वालिङ, १५ वैशाख ।
वालिङ नगरपालिकाले सुनौला हजार दिनका ७९७ आमाहरुलाई पोषिलो अहार वितरण गरेको छ । मातृशिशु स्वास्थ्य सुदृढ गर्न उप पोषिलो झोला कार्यक्रम अन्तर्गत १४ वटै वडाका सुनौला हजार दिनका आमाहरुलाई अहार प्रदान गरिएको हो । यस कार्यक्रम अन्तर्गत गर्भवती र सुत्केरी महिलाहरुलाई चना, आयोडिनयुक्त नुन र अण्डा सर्वोत्तम पिठो जस्ता पोषणयुक्त खाद्य सामाग्री वितरण गरिएको छ । यस्तै सरसफाई समाग्री अन्तर्गत साबुन, दन्त मन्जन, ब्रस लगाएतका सामाग्री वितरण गरिएको हो ।
नवजात शिशुको शारीरिक, मानसिक र बौद्धिक विकासमा सहयोग गर्न यो कार्यक्रम संचालन गरिएको नगर उपप्रमुख कविता तिवारी गैह्रेले बताउनुभयो । वालिङ १४ स्थित थुमपोखरा स्वास्थ्य चौकीमा आयोजित पोषिलो अहार वितरण कार्यक्रममा बोल्दै तिवारीले स्मार्ट नगर बन्न स्मार्ट नागरिक आवश्यक रहेको भन्दै यो कार्यक्रम संचालन गरिएको बताउनुभयो ।
चालु आर्थिक वर्षमा कडा शिघ्र कुपोषणमा रहेका १ जना बालक र २७ जनामा मध्यम कुपोषण देखिएपछि पोषण सम्बन्धी कार्यक्रम प्रभावकारी बनाईएको तिवारीको भनाई छ । “स्थानीय सरकारले गाउँ गाउँमा पोषण सहजकर्ता पठाएर कुपोषण हुने बालबालिकाका संख्या शून्यमा झार्ने रणनीति बनाएको छ ।”, स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताउनुभयो ।
यस्तै विद्यालय लक्षित कार्यक्रम अन्तर्गत यहाँका सबै सामुदायिक विद्यालयमा नर्सिङ कार्यक्रम लागू गरिएको छ । वर्षेनी प्रत्येक विद्यालयमा एक दिन स्वास्थ्य परिक्षण, कुपोषण स्क्रिनिङ गरिने अभियान वालिङ नगरपालिकाले संचालन गरेको छ ।
 

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...