अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

अनधिकृत व्यक्तिबाट जग्गाको नापजाँच नगराउन अर्जुनचौपारी गाउँपालिकाको आग्रह

 
वालिङ, १५ वैशाख ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले अनधिकृत व्यक्तिबाट कुनैपनि जग्गाको नापजाँच नगराउन अनुरोध गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेद्वारा हस्ताक्षरित सूचनाद्वारा पालिका भित्र अनधिकृत व्यक्तिहरूले साधसन्ध्यार (साक्षी) वा जनप्रतिनिधि बिना जग्गा नापजाँच गरेको र विभिन्न ठाउँहरूमा विवाद समेत भएको खबर पालिकामा आएको हुँदा अनधिकृत व्यक्तिहरूबाट गाउँपालिकाभित्रको कुनैपनि जग्गा नापजाँच नगर्नु र नगराउन सम्पूर्ण पालिकावासीमा अनुरोध गरिएको छ ।
जग्गाको नापजाँच गर्दा गाउँपालिकाले लागु गरेको सर्तहरू पालना गर्न अनुरोध गर्दै अटेर गरेमा कारबाही समेत हुने बेहोरा समेत सूचनामा उल्लेख छ । पालिकाले सूचनामार्फत नेपाल सरकारबाट मान्यताप्राप्त कार्यालय (नापी कार्यालय वा स्थानीय तह) वा नापी सम्बन्धी तालिम प्राप्त व्यक्तिबाट मात्र नापजाँच गर्न, साधसन्ध्यार (साक्षी) वा सम्बन्धित वडाको जनप्रतिनिधिको रोहबरमा मात्र साथ सिमाना यकिन गर्न भनेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...