अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

सिद्धार्थ उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डललाई वालिङ उद्योग वाणिज्य संघमा स्वागत

news

 
रेडियो आँधीखोला
वालिङ, १९ वैशाख । 
वालिङ उद्योग वाणिज्य संघको आयोजनामा सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवालाई स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । 
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यको नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको पदाधिकारी, पूर्व अध्यक्षहरु, सल्लाहकार तथा सदस्य एवम् कर्मचारीहरु सम्मिलित ४४ जनाको प्रतिनिधि मण्डललाई वालिङ उद्योग वाणिज्य संघको सचिवालयमा स्वागत तथा परिचयात्मक भेटघाट कार्यक्रम गरिएको हो ।
कार्यक्रममा दुईसंघबीचको अनुभव आदानप्रदान गरिनुका साथै संघहरुले गरेका विभिन्न गतिविधिहरुको बारेमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । आ–आफ्नो संघका गतिविधिहरु र समसामयिक ब्यवसायिक समस्याहरुको बारेमा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ र सिद्धार्थ उबासंघका अध्यक्ष आचार्यले जानकारी गराउनुभएको थियो । 
कार्यक्रममा वालिङ उबासंघका अध्यक्ष श्रेष्ठले वालिङ उद्योग वाणिज्य संघ र सिद्धार्थ उद्योग वाणिज्य संघबीच ब्यवसायिक हिसाबले अन्योन्याश्रित सम्बन्ध रहेको बताउनुभयो । साथै उहाँले ब्यवसायीका समस्याहरुमा संयुक्त रुपमा आवाज उठाउनुपर्ने, बोर्डर क्षेत्रबाट न्युन विजकीकरणमा सुधार ल्याउन सकेमा पहाडी क्षेत्रमा यसको कुनै समस्या नरहने, यस क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि भारतीय धार्मिक पर्यटकहरुको एकदिनको भएपनि बसाईको वातावरण सृजना गर्न सकिएमा यस क्षेत्रको विकास हुने बताउनुभयो । 
सो अवसरमा सि.उ.वा.संघका पूर्व अध्यक्ष तथा सल्लाहकार एवम् नेपाल उद्योग वाणिज्य महासंघ–लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले नेउवा महासंघको भूमिकाको बारेमा जानकारी दिनु हुँदै नेउवा महासंघको गतिविधिलाई प्रभावकारी बनाउन आगामी निर्वाचनमा सिद्धार्थ उ.वा.संघले उद्योग वाणिज्य तर्फको उपाध्यमा उम्मेदवारी दिने जमर्को गरेको  कुरा समेत ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सि.उ.वा.संघका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरु महेन्द्रकुमार श्रेष्ठ, विष्णुप्रसाद शर्मा, रामकुमार शर्मा, कुलप्रसाद न्यौपाने, वालिङ उ.वा.संघका पूर्व अध्यक्ष ले.यामबहादुर गुरुङ, कर्णबहादुर श्रेष्ठ, पूर्व अध्यक्ष मञ्चका संयोजक पुण्यप्रसाद अर्याल लगायतले आफ्ना भनाईहरु राख्नुभएको थियो ।
संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारीले स्वागत र सञ्चालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...