अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

आगोलागी हुँदा चौध लाख बढीको क्षति

 
रेडियो आँधीखोला
वालिङ, २० वैशाख ।
वालिङ ६ मिर्दिमा आगोलागी हुँदा १४ लाखको क्षति भएको छ । वालिङ ६ मिर्दीमा रहेको सिरक डसना उद्योगमा शुक्रबार दिउँसो आगोलागी हुँदा १४ लाखको क्षति भएको हो । नुवाकोट मेगन गाउँपालिका वडा नं. –०६ घर भएका रमेश तामाङले आलमदेखि सिरक डसना उद्योग सञ्चालन गर्दै आउनुभएको थियो । उक्त उद्योगमा मेसिन चलिरहेको अवस्थामा अचानक बिजुली सट भई आगोलागी भएको भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 
आगोलागीबाट मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रवेश तिवारीले बताउनुभयो । आगोलागीबाट कपडा पेल्ने मेसिन लगायत फाइवर लत्ता कपडा जल्दा १४ लाख ५० हजारको क्षति भएको छ ।  घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइ रहेको प्रहरीले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...