अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

डुम्रेभञ्ज्याङ हुवास सडक निर्माणका लागि जेठ ५ गतेसम्म सडक बन्द हुने

news

 
वालिङ, २२ वैशाख । 
वालिङ–हुवास–सेतीबेनी सडक अन्तर्गत डुम्रेभञ्ज्याङ –हुवास सडक खण्डमा चट्टान काट्ने (रक कटिङ) कार्य हुने भएकाले आगामी जेठ ५ गतेसम्मका लागि सो सडक बन्द हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक डिभिजन पोखराले जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई पत्र पठाउँदै मिति २०८२ साल वैशाख २० देखि जेठ ५ गतेसम्म सडक बन्द गरेर सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाउन अनुरोध गरेको छ।
सडक साँघुरो भएको र चबmउ बनाएर चट्टान काट्ने कार्य हुँदै भएकाले सवारी सञ्चालन असम्भव हुने प्राविधिक कारण देखाउँदै निर्माण व्यवसायी गुरुङ, कालिका निरुला जेभी ले उक्त माग गरेको हो। सडक डिभिजन पोखराका इन्जिनियरद्वारा पठाइएको पत्रमा ट्राफिक व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी कार्यालय स्याङ्जा र पर्वत, साथै वालिङ नगरपालिका वडा नं. १४ लाई आवश्यक समन्वय गर्न निर्देशन दिइएको छ। सडक बन्द हुँदा स्थानीय यातायातमा केही समय असहज हुने भए तापनि निर्माण कार्य सम्पन्न भएपछि सडकमा सुरक्षित र सहज यात्रा सम्भव हुने अपेक्षा गरिएको छ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...