समाचार
गार्मेन्ट मेसिन अपरेटर तालिम शुरु
रेडियो आँधीखोला
वालिङ, २३ वैशाख ।
वालिङमा गार्मेन्ट मेसिन अपरेटर सम्बन्धी १ महिने तथा १६५ घण्टे तालिम शुरु भएको छ । वालिङ नगरपालिकाको समन्वयमा नेपाल सरकार श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालय बैदेशिक रोजगार बोर्डको सचिवालय बबरमहल काठमाडौको आर्थिक सहयोग र युनाईटेड टेक्निकल टे«निङ सेन्टर एजुकेशन प्रालीको आयोजना तथा दलित समुदायको परम्परा सिप विकास संस्था व्यवस्थापनमा सोमबारदेखि वालिङमा तालिम शुरु भएको हो । तालिमको उद्दघाटन गर्दै वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले तालिमको सहि उपयोग गरी आगडि बढ्न सहभागिलाई आग्रह गर्नुभयो ।
सिपयुक्त व्यक्ति जहाँ गएपनि बेरोजगार बस्न नपर्ने भन्दै बैदेशिक रोजगारीमा गएकाको परिवार तथा बैदेशिक रोगजारीमा जान चाहानेका लागी मन्त्रालयले यो तालिम प्रदान गरेको बताउँदै तालिमको सही उपयोग गर्न आग्रह गर्नुभयो । वालिङ नगरपालिका उद्यमशीलता तथा उद्यमीको पक्षमा रहेको भन्दै उद्यमशीलताको प्रर्वद्धन गर्न नगरपालिकाले आवश्यक प्राविधिक तथा अन्य सहयोग गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रमा वालिङ नगरपालिका रोजगार साखा प्रमुख पवन बस्यालले समेत सिपयुक्त तालिमको सहि प्रयोगमा ल्याउन सहभागिलाई शुभकामना व्यक्त गर्नुभयो । तालिम उद्दघाटन समारोह दलित समुदायको परम्परा सिप विकास संस्थाका अध्यक्ष लिलबहादुर रनपालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन गिता रनपालले गर्नुभएको थियो । तालिममा संस्थाका अध्यक्ष लिलबहादुर रनपाल र चित्रकुमारी दर्जीले सजहीकरण गर्नुहुँनेछ भने तालिममा ४० जनाको सहभागिता रहेको छ ।