समाचार
संस्कृत गुरुकुलम गल्याङ १ को छैठौँ वार्शिकोत्सव
वालिङ, २५ वैशाख ।
रामनदीधाम संस्कृत गुरुकुलम गल्याङ १ को छैठौँ वार्शिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रमको उद्दघाटन गर्दै गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्राईले गुरुकुलले विद्यार्थीहरुलाई संस्कार र संस्कृतिलाई जर्गेर्ना गर्न महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । कार्यक्रममा शिक्षक गोपालप्रसाद भट्राई, मणिप्रसाद बस्याल, ढाकाराम न्यौपाने, दिपक गैह्रे, कार्यक्रममा विद्यालयका प्राचार्य कृष्णप्रसाद बस्यालले विद्यालयको वार्शिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम विष्णु देवानन्त सरस्वतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चालन प्राचार्य कृष्णप्रसाद बस्यालले गर्नुभएको थियो । गुरुकुलममा कक्षा ६ देखि १० सम्म सञ्चालन हुँदै आएको छ भने १२७ जना विद्यार्थी अध्ययनरत छन् । आगामी वर्षदेखि कक्षा ११ र १२ पनि सञ्चालन गर्ने विद्यालयको तयारी छ । कार्यक्रममा वार्शिक परिक्षामा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थी, धेरै विद्यार्थी उत्र्तिण गराउने शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।