अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

पुतलीबजारमा किचन हेल्पर तालिम सुरु

 
वालिङ, २५ वैशाख । 
पुतलीबजार नगरपालिका रोजगार शाखाको समन्वयमा तथा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति, भैंसेपाटी, ललितपुरले आधारभूत तथा सीप अभिवृद्धि तालिम कस्मोपोलिटन कन्सलटेन्ट एण्ड टेक्निकल एजुकेशन प्रा.लि. बुद्धनगर–१०, काठमाडौं मार्फत तालिम प्रदान गरिएको हो ।
उक्त तालिम कार्यक्रमको शुभारम्भ गर्दै पुतलीबजार नगरपालिकाका नगर प्रमुख श्री तुलसीराम रेग्मीले यस्ता सीपमूलक तालिमहरुले युवाहरुलाई स्वरोजगारतर्फ अग्रसर गराउने विश्वास व्यक्त गनुृभयो ।
कार्यक्रममा उपप्रमुख श्री देवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत श्री धर्मराज ढुंगाना तथा नगर रोजगार संयोजक श्री लक्ष्मी शर्मा विशेष उपस्थिति रहेको थियो । तालिममा रोशन बस्यालले प्रशिक्षण दिनुभएको छ भने कार्यक्रमको सञ्चालन तालिम संयोजक कमल प्रसाद भट्टराईले गर्नुभएको थियो ।
आयोजक पक्षका अनुसार तालिमबाट सहभागीहरुले होटल तथा भोजन व्यवस्थापन सम्बन्धी आधारभूत सीप सिक्नेछन, जसले उनीहरूलाई रोजगार तथा स्वरोजगारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । तालिममा २० जना महिला र २० जना पुरूष सहभागी छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...