अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

कश्मीरको पुंछमा पाकिस्तानी सेनाले गोली हान्दा भारतीय सैनिकको ज्यान गयो

news

 

वैशाख २५, जम्मू–कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोलबारीबाट भारतीय सेनाका एक जवानको ज्यान गएको छ ।

आज बिहानै भएको घटनामा दिनेशकुमार शर्माको ज्यान गएको भारतीय सेनाले जानकारी दिएको छ । भारतले अपरेशन सिन्दूर नाम दिएर पाकिस्तानमा गरेको हवाई आक्रमणमा ३१ जनाको ज्यान गएको छ । पाकिस्तानको पक्षबाट भएको गोला बारुद बाट पनि काश्मीरमा १५ जनाको ज्यान गइसकेको छ ।

गएको अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको ज्यान गएको थियो । यही घटनाको बदलामा  भारतले आक्रमण गरेको बताएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान बीचको तनाव रोक्नका लागि सहयोग गर्न आफू तयार रहेको बताउनुभएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पनि दक्षिण एशियामा आएको यो सङ्कटपूर्ण अवस्थाको समाधान गर्नका लागि दुवै पक्षसँग वार्ता भइरहेको पनि जानकारी दिनुभएको बीबीसीले जनाएको छ ।

त्यस्तै युक्रेनको विदेश मन्त्रालयले भारत र पाकिस्तानलाई संयमता अपनाउन र कूटनीतिक वार्तालाई प्राथमिकता दिन अपिल गरेको छ ।

युक्रेनले दक्षिण एशियाको सुरक्षा अवस्था बिग्रन सक्ने कदमहरूबाट बच्नुपर्नेमा जोड दिएको छ । यस्तै भारत र पाकिस्तानबीच तनाव कम गर्न दुवै देशलाई सहयोग गर्न तयार रहेको बेलायतले जनाएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...