अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

महिलाहरुका लागि मादल बजाउने तालिम सुरु

 
वालिङ, २६ वैशाख । 
पुतलीबजार नगरपालिका वडा नं. १० को आयोजना र वडा महिला संजालको ब्यवस्थापनमा महिलाहरुका लागि मादल बजाउने तालिम सुरु गरिएको छ । ५ दिने तालिमको उदघाटन गर्दै नगर उपप्रमुख देवी अर्यालले महिलाहरुका सीप विकास गर्ने उदेश्यले तालिम आयोजना गरिएको बताउनुभयो । नेपालीहरुको महत्वपूर्ण वाद्यवाधकका रुपमा रहेको मादलको मोैलिक सांस्कृतिक पक्षको महत्व धेरै रहेको उहाले भन्नुभयो । हरेक चाडवाड, पर्व, मनारंजन तथा उत्सवमा समेत मादलको उपयोगिता बढ्दै गएकाले मादल बजाउन जान्नु सबैका लागि आवश्यक रहेकोले नगरपालिकाका अधिकांश वडाहरुले मादल बजाउन सिकाउने तालिम हुदै आएको उपप्रमुख अर्यालले जानकारी दिनुभयो । 
 
महिला दिदीवहीनीका माग बमोजिम उपलब्ध गराउदै आएको तालिमको सही सदुपयोग गर्दै सिक्न समेत उहाले सहभागिलाई सुझाव दिनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य एशोदा अर्याल, पत्रकार भवानी अधिकारी, वडा महिला संजालका अध्यक्ष सुषमा श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । वडा अध्यक्ष अग्नीप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा सचिव सचित्रा देवकोटाले गर्नुभएको थियो । तालिममा विनोद घताने र सफल सापकोटाले प्रशिक्षण दिनुहुने भएको छ । तालिममा वडाभित्रका २२ वटा टोलविकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागि छन । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...