समाचार
पूर्णामृत भवानी माविमा विपद्सम्बन्धि सचेतना कार्यक्रम
वालिङ, २६ वैशाख ।
१६६ ओैं विश्व रेडक्रस दिवसको अवसर पारेर वालिङमा रहेको नेपाल जुनियर ÷ युवा रेडक्रस सर्कल, पूर्णामृत भवानी माविले विपद् व्यवस्थापन सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । रेडक्रस सर्कलका शिक्षक नायक यज्ञ पुरूष रिजालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल ,३० नं गुल्म हे.क्वा स्याङ्जा ले सहजीकरण गरेको थियो । कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक लिला बहादुर भुजेलले विपद्सम्बन्धि तालिम सत्र सञ्चालन गर्नुभएको थियो भने सशस्त्र प्रहरी निरीक्षक मीन बहादुर केसीको अगुवाइमा आगोलागी न्युनीकरण सम्बन्धि डेमो प्रदर्शनी गरिएको थियो । कार्यक्रममा जिल्ला रेडक्रस स्याङ्जाबाट युवा रेडक्रस संयोजक विष्णु सुवेदीले जिल्लाका विविध गतिविधिबारे प्रकाश पार्नुभएको थियोे । त्यस्तै शिक्षक नायक रिजालले स्वागत, विद्यालय नर्स प्रविना सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे भने विद्यालयका निमित्त प्रधानाध्यापक तथा नेजुरेस संरक्षक दिपक लम्सालले सम्पूर्णमा धन्यवाद ज्ञापन सहित मायाको चिनो प्रदान गर्नुभएको थियोे ।
हरेक वर्ष मे ८ मा मनाइदैं आएको विश्व रेडक्रस दिवसमा यो वर्षको नारा “ मानवतालाई जीवित राख्ने “ रहेको छ । पूर्णामृत भवानी माविमा रहेको नेपाल जुनियर÷ युवा रेडक्रस सर्कलले वृक्षारोपण, सरसफाइ, किशोर किशोरी तालिम, लैङ्गिक हिंसा विरूद्द सचेतना लगायत विविध कार्यक्रमहरू गर्दै आइरहेको पूर्व प्रअ विष्णुप्रसाद अर्यालले जानकारी दिनुभयो ।