अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

शिक्षकहरुको लागी अभिमुखीकरण

news

 
वालिङ, २७ वैशाख । 
अंगे्रजी, गणित र विज्ञान विषयका मावि तहका शिक्षकहरुको लागी अभिमुखीकरण कार्यक्रम वालिङमा सम्पन्न भएको छ । वालिङ नगरपालिकाको आयोजना तथा सामाजिक विकास कार्यालय स्याङ्जाको समन्वयमा शिक्षकहरुका लागी अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा नगरप्रमुख कृष्ण खांणले मुख्य सामुदायिक विद्यालयमा यी ३ विषय जटिल विषय बनिरहेको भन्दै मुख्य विषय अध्ययापन गराउने शिक्षकहरुको क्षमता तथा दक्षता विकास गरी विद्यार्थीहरुलाई सिकाईमा प्रभावकारी ल्याउने प्रयास गरिएको बताउनुभयो । 
१६ मावि तहका विद्यालयका शिक्षकहरुको सहभागिता रहेको अभिमुखीकरणमा अंगे्रजी विषयको भोजकुमारी पाण्डे, दिपक लम्साल गणित विषयको हरि पंगेनी र अमृत खनाल, विज्ञानमा तिलक पराजुली र प्रेम सुवेदीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रशिक्षक अमृत खनाल र सहभागि शिक्षक श्याम पाण्डेले यस्ता कार्यक्रमहरुले शिक्षण क्रियाकलापमा महत्वपुर्ण सहयोग गर्ने बताउनुभयो । कार्यक्रम शिक्षा साखा प्रमुख ख्यामनारायण काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन दुर्गा न्यौपानेले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...