अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जामा पत्रकार र प्रहरी प्रमुखबीच भेटघाट, सहकार्यलाई बल दिने प्रतिबद्धता

news

 
वालिङ, २७ वैशाख । 
स्याङ्जामा नवआगन्तुक जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपाने र जिल्लाका पत्रकारबीच परिचयात्मक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक न्यौपानेले जिल्लामा शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन सबैपक्षसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कानुनी शासन र अपराध नियन्त्रणमा पत्रकारिता क्षेत्रको सकारात्मक भूमिकाको अपेक्षा गर्दै समन्वयमा काम गर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोइरालाले जिल्लामा सञ्चारमाध्यमको पहुँच, चुनौती र वर्तमान अवस्थाका बारेमा जानकारी गराउँदै सूचनाको प्रवाहमा सहजता ल्याउन प्रहरी प्रशासनसँगको सहकार्यलाई प्राथमिकता दिइएको बताउनुभयो ।
कार्यक्रममा महासंघ गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देल, रोशन लामिछाने, महासंघ स्याङ्जाका पूर्व अध्यक्ष ओम प्रकाश शर्मा, प्रकाश डोटेल, संस्थापक सदस्य भरत लम्साल लगायतले नयाँ प्रहरी प्रमुखबाट कानुनी शासन, शान्ति सुरक्षा र समुदाय–प्रहरी समन्वयमा नयाँ उचाइमा पुग्ने अपेक्षा व्यक्त गरेका छन् । कार्यक्रममा पत्रकार र सुरक्षाकर्मी दुवै जनताप्रति उत्तरदायी संस्था भएकाले नागरिकमैत्री सेवा सुनिश्चित गर्न सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...