अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

गण्डकी लोकतारा प्रतिष्पर्धाका लागि स्याङ्जाबाट तीनजना छनौट

news

 
वालिङ, २८ वैशाख ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशले आयोजना गर्ने गण्डकी लोकताराको लागि स्याङ्जाले जिल्ला अडिसन सम्पन्न गरेको छ । प्रतिष्ठान स्याङ्जाद्वारा हिजो शनिबार वालिङमा सञ्चालन गरेको स्याङ्जा जिल्ला अडिसनबाट तीनजना छनौट भएका छन् ।
बिरुवा गाउँपालिकाकि शिला गुरुङ, चापाकोट नगरपालिकाका दिलीप मानन्धर र वालिङका उदयराज डुम्रे गण्डकी प्रदेश लोक तारा प्रतिष्पर्धाका लागि छनौट भएका हुन् । जिल्लाबाट ११ जनाले अडिसनमा भाग लिएका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले लोकदोहोरीगीत सबैभन्दा धेरैले मन पराउने विधा भएको बताउनुभयो । लोकगीत तथा दोहोरी गायन हाम्रो मौलिक संस्कृति भएकाले यसको संरक्षण संवद्र्धन र प्रवद्र्धन गर्न हामी सबै लाग्नुपर्ने पूर्व मन्त्री श्रेष्ठले व्यक्त गर्नुभयो । हाम्रो मौलिक संस्कृति संरक्षणमा लोक गायक गायिकाहरुको प्रमुख भूमिका हुने उहाँले उल्लेख गर्नुभयो । लोकतारा प्रतियोगिताले गाउँ गाउँमा लुकेर रहेका नव प्रतिभाहरुका लागि राम्रो अवसर हुने उहाँले बताउनुभयो । अडिसनमा सहभागी नव प्रतिभाहरुले यस्ता कार्यक्रमहरुमा भागलिदै र यस्ता अवसरको उपयोग गरेर आफनो कलाकारितालाई अगाडि बढाउनु उहाँले आग्रह गर्नुभयो ।
आगामी असार महिनामा प्रतिष्ठान गण्डकीले पोखरामा हुने गण्डकी लोकतारा प्रतियोगिताका लागि स्याङ्जा जिल्ला अडिसन मार्फत प्रतिष्ठानले छनौट गरेको हो । यस अवसरमा प्रतिष्ठान स्याङ्जाले नयाँ भित्तेपात्रो विमोचनसमेत गरेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...