समाचार
४० जना जेष्ठ नागरिक सम्मान
रेडियो आँधीखोला
वालिङ, २८ वैशाख ।
माता पिता प्रतिष्ठान वालिङ ११ र दुर्गाखिमा फाउण्डेसन वालिङ ८ को संयुक्त आयोजना तथा वालिङ नगरपालिकाको विषेश सहयोग र गरिमा विकास बैंकको सहयोगमा शनिबार वालिङ ८ सिटिहलमा जेष्ठ नागरिक सम्मान गरिएको हो । कार्यक्रममा वालिङ नगरपालिकाका १४ वटै वडाका सबैभन्दा जेष्ठ महिला र पुरुष १÷१ गरी २८ जना र जेष्ठ नागरिक स्याहार गर्ने १÷१ जना गरी ५६ जनालाई सम्मान गर्ने कार्यक्रम अन्र्तगत शनिबार ४० जनाले सम्मानपत्र ग्रहण गर्नुभएको छ ।
कार्यक्रममा कालिगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्ण महाराजले मातृपितृ शक्तिका विषयमा प्रवचन दिनुभएको थियो भने धु्रवराज उपाध्यायले श्रीमद भावगत गिताको शक्ति, माधवशरण रेग्मीले रामायण मर्यादा भक्तिका विषयमा प्रवचन दिनुभएको थियो । कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष पाण्डुकुमार थापा, केदारशरण विकल, तुल्सीराम पंगेनी, ढालबहादुर केसी, आजिवन सदस्य कर्णबहादुर श्रेष्ठले आ–आफना भनाई तथा कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार प्रल्हाद अर्याल, यमकान्त खनाल, गण्डकी साहित्य प्रतिष्ठानका अध्यक्ष प्रेमराज उपाध्यायको विषेश उपस्थिति रहेको थियो ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष श्यामप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष अनुपमा ढुंगानातिवारी र संचालन सदस्य खगेन्द्रप्रसाद अर्यालले गर्नुभएको थियो । सम्मान ग्रहण गर्न बाँकी रहनुभएकालाई पनि सम्मान पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।