समाचार
विकासमा राजनिति गर्न हुँदैन मुख्य सचिव अर्याल
रेडियो आँधीखोला
वालिङ, २८ वैशाख ।
नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले विकास निर्माणको सवालमा राजनिति गर्न नहुँने बताउनुभएको छ । शनिबार गह्रौँसुर धार्मिक तथा पर्यटकीय केन्द्र तथा गह्रौँसुर मन्दिर परिसरमा नवनिर्मित अतिथि गृहको उद्दघान गर्दै मुख्य सचिव अर्यालले विकास निर्माणको क्षेत्रमा राजनिति गरेमा उक्त क्षेत्र पछाडि पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विकास निर्माणमा सबै एकजुट हुँन आवश्यक छ । विकासको सवालमा जहिल्यै पनि सहमति र सहकार्यको आवश्यकता पर्छ । विकासमा राजनिति गरियो भने पछाडि परिन्छ ।” विकासमा आग्रह पुर्वाग्रह छाडेर अगाडि बढ्न आवश्यक रहेकोमा मुख्य सचिव अर्यालको जोड छ ।
स्याङ्जाको विकासका लागी आफ्नो पहिलो प्राथामिकता रहेको भन्दै यहाँको विकास निर्माणका लागी आफ्नो तर्फबाट सँधै सहयोग र सदभाव रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, वालिङ नगरपालिका प्रमुख कृष्ण खांण, गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्राई, जिल्ला समन्वय उपप्रमुख खड्कराज सुवेदी, सिटि एक्सप्रेस कम्पनीका गण्डकी अध्यक्ष हेमबहादुर गुरुङलगायतले बोल्नुभएको थियो ।
कार्यक्रम गह्रौँसुर धार्मिक तथा पर्यटकीय केन्द्र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुरजप्रताप खांणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यक्ष केशभक्त गुरुङ र संचालन रेडियो आँधीखोलाका स्टेशन म्यानेजर तोलाकान्त बगालेले गर्नुभएको थियो ।