अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङ, ५ मा उदघोषण तथा क्षमता विकास तालिम सम्पन्न

 
रेडियो आँधीखोला 
वालिङ, २९ वैशाख । 
वालिङ नगरपालिका वडा नं. ५ मा उदघोषण तथा क्षमता विकास तालिम सम्पन्न भएको । वडा नं. ५ को वडा कार्यालयले दलित उत्थान शिर्षक अन्र्तगत दलित तथा गैह्र दलित महिलाहरुको क्षमता विकासका लागी ३ दिने उद्दघोषण तथा नेतृत्व विकास तालिमको आयोजना गरेको हो । 
तालिमको समापन गर्दै जगतभञ्याङ गाविसका पुर्व अध्यक्ष नरप्रसाद पौडेलले महिलाहरुको लागी नेतृत्व विकास गर्न बोल्ने कला पनि महत्वपुर्ण पक्ष रहेको बताउँदै महिलाहरुले पनि मुलुकका ठुला आन्दोलनको नेतृत्व गरेको बताउनुभयो । कार्यक्रममा प्रशिक्षक रेडियो आँधीखोला एफएमका स्टेशन म्यानेजर तोलाकान्त बगाले, वडा सचिव ओमबहादुर थापा, वडा सदस्य तथा कार्यपालिका सदस्य जुना थापा, सहभागि पुण्या गुरुङ, बत्ती नेपाली, कुमारी नेपाली, मालती रेग्मीलगायतले आफ्ना भनाई तथा अनुभव व्यक्त गर्नुभएको थियो । 
३० जनाको सहभागिता रहेको तालिममा रेडियो आँधीखोला एफएमका स्टेशन म्यानेजर तोलाकान्त बगाले, समाचार प्रमुख कला राना र समाचार वाचिका आरती कुँवरले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम वडा अध्यक्ष छवि आलेको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन वडा सदस्य अनिता नेपालीले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...