समाचार
सिर्जनात्मक लेखनमा दिव्यप्रकाशकी छात्रा रन्जिता प्रथम
रेडियो आँधीखोला
वालिङ, २९ वैशाख ।
गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा जिल्लाका विभिन्न स्थानिय तहका बालबालिकाका बीच सिर्जनात्मक लेखन प्रतियोगितालाई सुरुवात गरेको छ । कार्यालयले आइतबार विरुवा गाउँपालिका भित्रका विद्यालयका विद्यार्थीहरु बीच सो प्रतियोगिता आयोजना गर्दा दिव्यप्रकाश मा.वि.की छात्रा रन्जिता पोखरेल ले प्रथम स्थान र जनप्रिय मा.वि. की अम्बिका लम्सालले द्धितीय स्थान हासिल गर्नुभएको छ भने बराबर अंक प्राप्त गरी तीन जना बिद्यार्थीहरुले तृतीय स्थान हासिल गरेका छन् जसमध्ये जामुनेडाँडा मा.वि.का आदेश थापा, अरनीको मा.वि. की कृष्मा थापा र किचनास आ.वि. की रोजि भुजेल रहनु भएको छ ।
बालबालिकाको मौलिक विचारहरूलाई कलात्मक रूपमा लेखाइको माध्यमले अरुसमक्ष पुरÞ्याउन, तार्किक क्षमताको विकास गर्न र बालबालिकाहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्न सिर्जनात्मक लेखन कार्यशाला कार्यक्रम समावेश गरिएको सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बताउनुभयो ।
विद्यालयले छनौट गरेका विद्यार्थीहरु बीच स्याङ्जाको ११ वटै स्थानीय तहमा प्रतिस्पर्धा हुनेछ र प्रत्येक पालिकाबाट छनौट भएका उत्कृट तीन भित्र पर्न सफल विद्यार्थीहरु बीच जिल्लास्तरीय प्रतिस्पर्धा हुनेछ । सबै स्थानीय तह र जिल्लामा हुने प्रतियोगिताको व्यवस्थापन स्थानीय तहसँगको समन्वयमा समाजिक विकास कार्यालय स्याङ्जाले गर्नेछ ।