समाचार
पर्यटन प्रर्वद्धन गर्न प्रेस चौतारीको अन्र्तक्रिया
रेडियो आँधीखोला
वालिङ, २९ वैशाख ।
आन्तरिक पर्यटकीय स्थलहरुको प्रर्वद्धन गर्ने उद्देश्यले प्रेस चौतारी नेपाल स्याङ्जा शाखाले वालिङको पर्यटकीय स्थल बाहुनथानमा अन्र्तक्रिया कार्यक्रम आईतबार सम्पन्न गरेको छ । प्रेस चौतारीको छैटौँ पदस्थापन तथा समग्र स्याङ्जाको विकासमा पत्रकारिताको भुमिका विषयक अन्र्तक्रिया पर्यटकीय स्थल वालिङ ११ बाहुनथानमा सम्पन्न भएको हो । कार्यक्रमको उद्दघाटन गर्दै प्रेस चौतारी नेपालका केन्द्रिय कमिटि अध्यक्ष गणेश पाण्डेले प्रेस चौतारीले यो वर्ष प्रशिक्षणको वर्ष मनाउने बताउनुभएको छ । समाज रुपान्तरणको अग्रणी भुमिकामा रहेको प्रेस चौतारी नेपालमा आवद्ध पत्रकारहरुको क्षमता तथा दक्षता विकास गर्नका लागी यो वर्ष हरेक शाखाले कम्तीमा पनि ३ वटा प्रशिक्षण गर्ने अध्यक्ष पाण्डेले बताउनुभयो ।
प्रविधिको विकास भईरहेको सन्र्दभमा प्रेस चौतारीमा आवद्ध पत्रकारहरु पनि प्रविधिमय बन्न आवश्यक रहेको भन्दै विश्व जगतमा एआई प्रविधि आईरहेका बेला पत्रकार पनि समय सापेक्ष बदलिनुपर्ने अध्यक्ष पाण्डेको जोड छ । अध्यक्ष पाण्डेले भन्नुभयो, “पत्रकारिता जगत अब प्रविधिमय बन्न सकेन भने पछाडि परिन्छ ।” पछिल्लो समय सामाजिक संजाल नै मिडिया हो की भन्ने भ्रम पनि सृजना भईरहेको परिपे्रक्षमा पत्रकारिता जगतलाई थप शसक्त बनाउनुपर्ने, पत्रकार प्रविधिमैत्रि बन्नुपर्ने चुनौती आएको अध्यक्ष पाण्डेले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटि सदस्य सिमा क्षेत्रि, प्रेस चौतारी नेपालका केन्द्रिय कमिटि महासचिव हिरामान लामा, नेकपा एमाले सल्लाहकार परिषदका प्रदेश अध्यक्ष मोहन रेग्मी, प्रेस चौतारी नेपालका गण्डकी प्रदेश इन्र्चाज गणेश पौडेल, प्रेस चौतारी नेपाल गण्डकी प्रदेश अध्यक्ष इन्द्र पौडेल, नेकपा एमाले जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारस, विरुवा गाँउपालिका अध्यक्ष सुर्यबहादुर कुँवर, नेकपा एमाले जिल्ला कमिटि उपसचिव चिनमाया गुरुङ, जिल्ला समन्वय समिति उपप्रमुख खड्कराज सुवेदी, नेकपा एमाले वालिङ नगरकमिटि अध्यक्ष शोभाकान्त पौडेल, निर्वाचित समिति संयोजक तथा पुर्व प्रेस चौतारी केन्द्रिय सदस्य हिमलाल पराजुली, वालिङ नगरपालिका वडा नं. ७ का अध्यक्ष पाण्डुकुमार थापा, वडा नं. ८ का अध्यक्ष दामोदर तिवारीलगायतले आफ्ना भनाई राख्नुभएको थियो ।
कार्यक्रममा निर्वाचन कमिटि संयोजक हिमलाल पराजुलीले निर्वाचित प्रेस चौतारीका अध्यक्ष मणिप्रसाद अर्याललाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो भने अध्यक्ष अर्यालले अन्य पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । अन्र्तक्रिया कार्यक्रम अध्यक्ष अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत निर्वतमान उपाध्यक्ष कला राना र सञ्चालन सचिव एनपि कोईरालाले गर्नुभएको थियो ।