समाचार
गल्याङ नगरपालिका द्वारा बीऊ बाख्रा वितरण
वालिङ, ३० वैशाख ।
गल्याङ नगरपालिकाले बीऊ बाख्रा वितरण गरेको छ । “भोकालाई एक छाक भोजन होइन,जिउने जुक्ति सिकाऔ” भन्ने मुल अभियान सहित आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम गल्याङ कृषि तथा पशु उधमशिलता विकास परियोजना अन्तर्गत गल्याङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग एवं नयाँ गोरेटो सस्थाको सहजीकरणमा गल्याङ १० को गर्हौंकालिका र देबि भन्ज्याङ स्वावलम्वन महिला समुहमा २५ वटा विउ बाख्रा उपहार प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
उक्त उपहार प्रदान कार्यक्रममा गल्याङ नगरपालिका नगर प्रमुख गुरू प्रसाद भट्टराईले थोरै थोरै गर्दै व्यवसायिक रुपमा पशु तथा कृषि कर्ममा लाग्न आग्रह गर्दै कृषकहरुको साथमा नगरपालिका रहेको बताउनुभयो । नगरपालिकाले विभिन्न साझेदार संस्थाहरुसंग सहकार्य गर्दै यहाँका नगरबासीको आर्थिक उन्नयमा लागेको भन्दै नगरका हरेक राम्रा योजनामा नागरिकको साथ र सहयोग आवश्यक रहने बताउनुभयो । कार्यक्रममा कृषि शाखा प्रमुख भिम क्षेत्री, वडा सदस्य चेतकान्त खनाल, सरस्वति खनाल हेफर नेपाल को तर्फबाट कार्यक्रम अधिक्रित सोभाखर न्यौपाने गल्याङ कृषि तथा पशु उधमशिलता विकास परियोजनाका परियोजना संयोजक वसन्त भलामी, प्राविधिक संयोजक कुमार, सामुदायिक सहजकर्ता स्मिर्ति थापा लगायत स्थानियको सहभागिता रहेको थियो । कार्यक्रम वडा अध्यक्ष मुक्त्प्रिसाद खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।