समाचार
नेपाल राष्ट्रिय शिक्षक संगठन वालिङको तेस्रो अधिवेसन
वालिङ, ३० वैशाख ।
नेपाल राष्ट्रिय शिक्षक संगठन वालिङको तेस्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले पुनः चिरञ्जीवी अर्यालको अध्यक्षतामा नयाँ कमिटि गठन गरेको छ । अधिवेसनले आगामी ३ वर्षे कार्यकालका लागी नयाँ कमिटि गठन गरेको हो । वालिङ ८ स्थित कुँवर समाज भवनमा सोमबार सम्पन्न अधिवेसनले अर्यालको अध्यक्षतामा नयाँ कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा रमेश भण्डारी र महिला उपाध्यक्षमा केशरा भण्डारी चयन हुनुभएको छ । सचिवमा रुक्मागत खनाल, कोषाध्यक्षमा सुमन पौडेल, सहसचिवमा उमाकला अधिकारी र सहकोषाध्यक्षमा सुष्मा आचार्य रहनुभएको छ । अन्य १२ जना सदस्य सहित अधिवेसनले १९ सदस्यीय कमिटि गठन गरेको हो ।
नवनिर्वाचित कमिटिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष यामबहादुर कुँवरले तेस्रो नगर अधिवेसनबाट वालिङ नगरमा शिक्षक संगठनको जुझारु क्मिटि निर्माण भएको बताउनुभयो । शिक्षकहरुको पेशागत हकहितका साथै शैक्षिक उन्नयमा शसक्त भुमिका खेल्न सक्ने नेतृत्व सर्वसम्मतले चयन भएको गण्डकी प्रदेश इन्र्चाज समेत रहनुभएका केन्द्रिय उपाध्यक्ष कुँवरले बताउनुभयो । साथै उहाँले नवनिर्वाचित संगठनले सहकर्मी साथीहरुलाई समेट्दै अगाडि बढ्न सुझाव दिँदै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।