अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

हरिनासमा सृजनात्मक लेखन प्रतियोगिता सम्पन्न

 
वालिङ, ३१ वैशाख । 
स्याङ्जाको हरिनास गाउँपालिकामा सृजनात्मक लेखन प्रतियोगिता सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा हरिनास गाउँपालिकाको समन्वयमा मंगलबार सृजनात्मक लेखन प्रतियोगिता सम्पन्न भएको हो । हरिनाश गाउँपालिका भित्रका विद्यालयका विद्यार्थीहरु बीच सिर्जनात्मक लेखन प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा महिमा माध्यमिक विद्यालयका छात्र सिद्धान्त सिग्देलले प्रथम स्थान हाँसिल गर्नुभएको छ भने भोजप्रकाश माध्यमिक विद्यालयकी छात्रा विनिशा राना द्धितिय र जनकल्याण माध्यमिक विद्यालयका यशन पौडेलले तृतीय हुँदा जनजागृति माध्यमिक विद्यालयकी विमला माया मानन्धरले सान्त्वना स्थान हासिल गर्न सफल हुनुभएको थियो । कार्यक्रम गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरको प्रमुख आतित्यथातामा सम्पन्न भएको थियो । 
बालबालिकाको मौलिक विचारहरूलाई कलात्मक रूपमा लेखाइको माध्यमले अरुसमक्ष पुरÞ्याउन, तार्किक क्षमताको विकास गर्न  र बालबालिकाहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्न सिर्जनात्मक लेखन कार्यशाला कार्यक्रम समावेश गरिएको कार्यालयले जनाएको छ । 
विद्यालयले छनौट गरेका विद्यार्थीहरु बीच स्याङ्जाको ११ वटै स्थानीय तहमा प्रतिस्पर्धा हुनेछ र प्रत्येक पालिकाबाट छनौट भएका उत्कृट तीन भित्र पर्न सफल विद्यार्थीहरु बीच जिल्लास्तरीय प्रतिस्पर्धा हुनेछ । सबै स्थानीय तह र जिल्लामा हुने प्रतियोगिताको व्यवस्थापन स्थानीय तहसँगको समन्वयमा समाजिक विकास कार्यालय स्याङ्जाले गर्नेछ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...