अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

गल्याङमा छाती रोग सम्बन्धी निःशुल्क एक्स–रे शिविर सम्पन्न

 
वालिङ, १ जेठ । 
गल्याङमा छाती रोग सम्बन्धी निःशुल्क एक्स–रे शिविर सम्पन्न भएको छ । गल्याङ नगरपालिकाको आयोजनामा बुधबार छाती रोग सम्बन्धी एआई प्रोटेबल एक्सरेद्वारा निःशुल्क एक्स–रे शिविर सम्पन्न भएको हो ।
शिविरमा गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराई को प्रमुख उपस्थितिमा नगरउपप्रमुख हेमा न्यौपाने, प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख सहित स्वास्थ्य टोली लगायत विशेषज्ञ चिकित्सकको उपस्थितिमा गल्याङ, ३ बल्पुकमा रहेको नगर अस्पतालमा सम्पन्न शिविरमा गरिएको हो ।
गल्याङ नगरपालिकाले गल्याङ नगरवासीहरुको स्वास्थ्य लाई मध्यनजर गर्दै यसअघि एकीकृत घुम्ती स्वास्थ्य शिविर,नसर्ने रोगहरु को स्वास्थ्य शिविर,आँखा स्वास्थ्य शिविर पनि सञ्चालन गरिसकेको छ। गल्याङ नगरपालिकामा पहिलो पटक आर्टिफिसियल इन्टलेजेन्सि (एआई) प्रविधीबाट छाती रोग सम्बन्धी खोजपड्ताल कार्यक्रम सम्पन्न भएको हो ।
शिविरमा ३ सय ३६ जनाले सेवा लिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद वोलिले बताउनुभयो । जसमध्ये १२ जना सेवाग्राही लाई क्षयरोग को पुष्टि भएको छ भने शंकास्पद २२ जना बिरामीको नमुना परिक्षण को लागि खकार संकलन गरिएको छ । गल्याङ नगरपालिकाले उहाँहरुलाई निःशुल्क औषधी सेवन को व्यवस्था गरेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...