अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

गति लिँदै कालिगण्डकी मोटरेबल स्टिल ट्रस पुल

 
वालिङ, २ जेठ । 
स्याङ्जाको कालीगण्डकी –१ कारिकोट र गुल्मीको रुरु गाउँपालिका जोड्ने कालिगण्डकी मोटरेबल स्टिल ट्रस पुल १३ बर्षपछि निर्माण कार्यले गति लिएको छ ।  तीन बर्षमा सक्नेगरी २०६९ असार २५ गते स्वछन्द निर्माण सेवा काठमाडौले सडक डिभिजन कार्यालय पाल्पासँग सम्झौता गरेर काम अगाडि बढाएको थियो । निर्माण कम्पनीले मोटरेबल स्टिल ट्रस पुल १८ करोड ३२ लाख ४० हजार ६२६ रुपियाँ ८५ पैसामा सम्झौता गरेको थियो । 
दुई स्पानमा १५० मिटर लम्बाई रहेको स्टिल ट्रस पुलको सभ्झौताअनुसार काम सक्ने समय सकिदाँ नक्सा बनेको थियो । सम्झौताको तीन बर्षमा बेल फाउण्डेसनको डिजाइन आएकोमा काम थालेकै ६ महिनामै पुलबिचको पिलर जमिनमुनि नदबिएपछि निर्माण रोकिएको थियो । 
बिचको पिलर १६ मिटर जमिनमुनि दब्नु पर्नेमा नौ मिटर मात्र दबेपछि काम रोक्नु परेको निर्माण कम्पनिका साइड इन्जिनियर बलराम पन्थीले बताउनुभो । दुई तर्फका पिलर बने पश्चात बिचको पिलर बनाउन थालेको बताउँदै पन्थीले साढे चार मिटरमा काठ भेटिएको र गोताखोर मार्फत जमिन खन्दा नवौ मिटरमा काठको मुडा र ठुलो ढुङगा नभेटिए पनि कामलाई अगाडि बढाउनु नसकेको बताउनुभयो । 
११ बर्षसम्म १० प्रतिशत मात्र काम गरेर अलपत्र परेको स्टिल ट्रस पुललाई निर्माण कम्पनिको २०७९ असोज ११ गते मागअनुसार पुल महाशाखाले २०८० जेठ २९ गते पायल फाउण्डेसनको डिजाइन परिवर्तन गरेको थियो । डिजाइन परिवर्तनको एक बर्षमा भेरियसन स्वीकृत गरेसँगै निर्माण कम्पनीले काम थालेको थियो ।  गत फागुन १५ गते आगामी २०८३ जेठ १५ गतेसम्म सक्नेगरी पुलको पाँचौ पटक म्याद थपिएको बताउँदै इन्जिनियर निशा बेलबासेले रोकिएको पुलको भैतिक प्रगति ५० प्रतिशत भएको बताउनुभयो ।  
डिजाइन परिवर्तनसँगै बिचको पिलर पायल फाउण्डेसनमा २४ मिटर खनेर १२ वटा पायर हालर बनाइएको छ । आर्थिक प्रगति २२ प्रतिशत अर्थात चार करोड ९१ लाख ४८ हजार ६१२ रुपियाँ भएको बताउँदै वेलवासेले पहिलो स्पानको लागि स्टिल ट्रस अर्डर गरेर निर्माण समेत भएको बताउनुभयो ।  पुल निर्माणले गण्डकी प्रदेशको स्याङ्जाको कालिगण्डकी गाउँपालिका र लुम्बिनी प्रदेशको गुल्मीको रुरु गाउँपालिकाका र वरपरका हजारौ नागरिक लाभान्वित हुनेछन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...