अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भीरकोटमा रास्वपाकोे प्रथम वडा अधिवेशन सम्पन्न

news

 
वालिङ, ४ जेठ । 
स्याङ्जाको भीरकोट नगरपालिकाको दुई वडामा रास्ट्रिय स्वतन्त्र पार्टीले अधिवेशन सम्पन्न गरेको छ । भीरकोट २ र ६ को प्रथम वडा अधिवेशन शनिबार सम्पन्न भएको हो । अधिवेशनको उद्दघाटन गर्दै रास्वपाका गण्डकी प्रदेश इन्चार्ज झबिलाल डुम्रेले रास्वपा अव हरेक वडा तथा टोलस्तरबाट जागरुक भएर अगाडि बढ्ने बताउनुभयो । ठुला दलका बेथिति र विसंगतिका विरुद्ध रास्वपा शसक्त ढंगले अगाडि बढ्ने उहाँको भनाई थियो । 
कार्यक्रममा प्रदेश सह–महामन्त्री कृष्णप्रसाद लम्साल, सहमहामन्त्री अनिशा अधिकारी, गण्डकी प्रदेश स्वास्थ्य विभाग प्रमुख रामचन्द्र रेग्मी, जिल्ला सभापति विश्वास भण्डारी रुक्मागत, क्षेत्रिय संयोजक टिकराज गुरुङ, प्रदेश विभाग सदस्य प्रकाश अर्याललगायतले आफ्ना भनाई राख्नुभएको थियो ।
अधिवेशनले वडा नं. २ मा रेशम केसीको सभापतित्वमा वडा समिति गठन गरेको छ भने वडा नं. ६ मा मान बहादुर केसीको सभापतित्वमा ११÷११ सदस्यीय वडा समिति गठन गरिएको छ । रेशम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रास्वपाका भीरकोट नगर संस्थापक सभापति सुरेश उच्चै र सञ्चालन आनन्द सिलवालले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...