अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

गल्याङमा विद्यार्थीहरुलाई छात्रवृत्ति

news

 
वालिङ, ४ जेठ । 
स्याङ्जाको गल्याङ नगरपालिकाले एक सय ९१ जना विद्यार्थीहरुलाई छात्रवृत्ति दिएको छ । गल्याङ नगरपालिका नगरप्रमुख गुरुप्रसाद भट्टराई नगरप्रमुखमा निर्वाचित भएको पहिलो निर्णय कार्यान्वयनको क्रममा नगरपालिकाभित्रका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । 
गल्याङ नगरपालिकाको सभाहलमा गरिएको छात्रवृत्ति वितरण कार्यक्रममा आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनबाट कोही पनि वञ्चित हुन नपरोस भन्ने उद्देश्यले आफुले पहिलो निर्णयको रुपमा छात्रवृत्तिको निर्णय गरेको नगरप्रमुख भट्टराईले बताउनुभयो । यो अभियानले नगरको शैक्षिक रुपान्तरणका लागि पनि महत्त्वपूर्ण टेवा पुग्ने नगरप्रमुख भट्टराईको विश्वास छ । 
प्रत्येक वर्ष निर्णय कार्यान्वयन गर्ने क्रममा यसपटक पनि शुक्रबार एक कार्यक्रमको आयोजना गरी नगरक्षेत्रका क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई मासिक शुल्क तथा कक्षा ११ र १२ मा अध्ययनरत अति गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति वितरण गरिएको छ ।
गल्याङ नगरपालिकाभित्रका गल्याङ बहुमुखी क्याम्पस र मालुङ्गा बहुमुखी क्याम्पसमा अध्ययनरत अति विपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीलाई मासिक शुल्कवापत एक वर्षको जनही रु १० हजार आठ सय प्रदान गरिएको हो ।
यसैगरी कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई छात्र वृत्तिस्वरुप जनही रु तीन हजार छ सय उपलब्ध गराइएको छ । नगरभित्रका क्याम्पसमा अध्ययनरत लक्षित समूहका विद्यार्थीमध्ये १० प्रतिशत तथा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीमध्ये २० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ ।
यस वर्ष क्याम्पस तहमा अध्ययनरत ७० जनाको मासिक शुल्क निःशुल्क, अति विपन्न २ जना, कक्षा ११ र १२ मा अध्ययनरत ९९ जनालाई छात्रवृत्ति प्रदान गरिएको हो । यस वर्ष पालिकाबाट १सय ८१ जनालाई मासिक शुल्क तथा छात्रवृत्ति गरी रु १२ लाख १७ हजार ८ सय वितरण गरिएको छ ।
 

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...