अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

news

 
वालिङ, ६ जेठ । 
स्याङ्जाको फेदीखोला गाउँपालिकामा व्यवसायिक मौरी पालन सम्वन्धि १६ हप्ते कृषक पाठशाला समापन तथा कृषक दिवस सम्पन्न भएको छ । फेदीखोला गाउँपालिका र वाली संरक्षण प्रयोगशाला गण्डकी प्रदेशको साझेदारीमा पाठशाला सञ्चालन भएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्ममा जीसी श्रेष्ठले कृषि क्षेत्रमा फेदीखोला गाउँपालिकाले गरेको न्यूनतम समर्थन मूल्य, उत्पादनमा आधारित अनुदान, कृषि एम्बुलेन्स सेवा, विभिन्न पकेट वाली कार्यक्रम देशमै नमुना रहेको बताउनुभयो । उहाँले फोदीखोलाको असल नेतृत्व र शैलीको प्रशंसा गर्दै यहाँको कृषि क्षेत्रको समृद्धिका लागि निरन्तर आफ्नो साथ रहने बताउनुभयो ।
कार्यक्रममा फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले छर्ने कार्यक्रम बनाउन आवश्यक नरहेको भन्दै गर्ने कार्यक्रममा आफूहरुले जोड दिएको बताउनुभयो । सुवेदीले मौरी पौष्टिक तत्वले भरिपूर्ण मानव स्वास्थ्यको अत्यन्त महत्व बोकेको आहारा भएकाले गाउँपालिका मौरीपालनको विस्तार र विकासमा लागेको बताउनुभयो । उहाँले सानो लगानीबाट व्यवसाय गर्न सकिने भएकाले मौरीपालनतर्फ लाग्न पालिकावासीलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा कृषक समुहलाई प्रमाणपत्र वितरण गरिएको थियो भने कृषक समुहले अतिथिहरुलाई मायाको चिनो स्वरूप आफैले उत्पादन गरेको मह उपहार दिएका थिए । कृषक पाठशालाका अध्यक्ष गंगाधर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा फेदीखोला गाउँपालिकाका कृषि शाखा प्रमुख तथा प्राविधिक, वडा सदस्य, कृषक समुह, कृषि उपज सहकारी संस्था, आमा समुह, सुरक्षाकर्मी, लगायत कृषकको उपस्थिति थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...