अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

“विद्यालयमा अभिभावको भूमिका” शिर्षकमा भएको सिर्जनात्मक लेखनमा बैडी मा.वि. की आरती प्रथम

 
वालिङ, ७ जेठ । 
गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा जिल्लाका विभिन्न स्थानिय तहका बालबालिका बीच सिर्जनात्मक लेखन प्रतियोगितालाई भइरहेको छ ।  मंगलबार चापाकोट नगरपालिकाभित्रका विद्यालयका विद्यार्थीहरुबीच “विद्यालयमा अभिभावको भूमिका” शिर्षकमा प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा वैडी मा.वि.की छात्रा आरती बस्यालले प्रथम स्थान हासिल गर्नुभएको छ भने जनयोती मा.वि का छात्र विकास खाम्चाले द्धितीय र जनहित मा.वि. की छात्रा अनुष्मा ज्ञवालीले तृतीय स्थान प्राप्त गरी जिल्ला स्तरीय प्रतियोगितामा छनौट हुनुभएको छ । प्रतियोगितामा गंगालाल मा.वि. का विमर्श आचार्यले सान्तवना स्थान हासिल गनुभएको छ ।  
बालबालिकाको मौलिक विचारहरूलाई कलात्मक रूपमा लेखाइको माध्यमले अरुसमक्ष पुरÞ्याउन, तार्किक क्षमताको विकास गर्न  र बालबालिकाहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्न सिर्जनात्मक लेखन कार्यशाला कार्यक्रम समावेश गरिएको सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेलले बताउनुभयो । विद्यालयले छनौट गरेका विद्यार्थीहरु बीच स्याङ्जाको ११ वटै स्थानीय तहमा प्रतिस्पर्धा हुनेछ र प्रत्येक पालिकाबाट छनौट भएका उत्कृट तीन भित्र पर्न सफल विद्यार्थीहरु बीच जिल्लास्तरीय प्रतिस्पर्धा हुनेछ । सबै स्थानीय तह र जिल्लामा हुने प्रतियोगिताको व्यवस्थापन स्थानीय तहसँगको समन्वयमा भएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...