अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जाको चापाकोटमा भेटियो ‘अफ्रिकन स्वाइन फिवर’

 
वालिङ, ७ जेठ । 
किसानले पालेको बंगुरमा ‘अफ्रिकन स्वाइन फिवर’ रोग भेटिएको छ । स्याङ्जाको चापाकोट ९ का कृषक दिपेन्द्र गहराजले पालेको बंगुरहरुमा अफ्रिकन स्वाइन फिवर संक्रमण रहेको भेटिएको हो । गहतराज बहुउदेश्यी कृषि तथा पशुपालन फर्म संचालन गरेर कृषक दिपेन्द्र गहतराजले बंगुर पालन गर्दै आउनुभएको छ । फर्ममा पालेका सबै बंगुर एकाएक मर्न थालेपछि चापाकोट नगर पशु शाखाले शंकाको आधारमा बंगुरको पोष्टमार्टम गरी नमुना परिक्षणका लागि केन्द्रीय पशुपंक्षी रोग अन्बेषण प्रयोगशालामा पठाइएको थियो ।
केन्द्रीय प्रयोगशालाले बंगुरहरुमा ‘अफ्रिकन स्वाइन फिवर’ संक्रमण देखिएको नतिजा पठाएपछि चापाकोटमा यो रोग देखिएको हो । ‘अफ्रिकन स्वाइन फिवर’ देखिएपछि चापाकोट नगरपालिकाले थप संक्रमण फैलिन नदिन जैविक सुरक्षाका उपायहरु अवलम्बन गर्न र आन्तरिक ओसारपसारमा बिशेष ध्यान दिन बंगुर पालक किसानहरुलाई अनुरोध गरेको छ । गहतराजले भाले बंगुर बाहिरबाट ल्याएकै कारण यो संक्रमण भित्रिएको चापाकोट पशु शाखाका प्राविधिक सहायक समिक्षा रोकायले अनुमान गरेको बताउनुभएको छ । 
प्राविधिक सहायक रोकायका अनुसार कृषक गहतराजले संचालन गरेको फर्ममा ५ ओटा पोथी, एक भाले बंगुर र १७ ओटा साना बच्चा सबै ‘अफ्रिकन स्वाइन फिवर’ संक्रमणबाट मृत्यु भएको छ । कृषक गहतराजले स्याङ्जाकै गल्याङ्बाट भाले बंगुर ल्याएको खुलेको छ । यस बिषयमा भेटनरी तथा पशु सेवा विज्ञ केन्द्रबाट आएको टोलीले स्थलगत निरिक्षण गरेको प्राविधिक रोकायाले बताउनुभयो । यो संक्रमण बंगुरमा मात्रै देखिने र यो रोग लागेपछि कुनै उपचार नहुने पशु चिकित्सकहरुले बताएका छन् ।
घरपालुवा सँगुर, बङ्गुर र जंगली बँदेल प्रजातिमा विषाणुको कारण लाग्ने अफ्रिकन स्वाइन फिभर रोग उच्च मृत्युदर भएकाले यो महामारीजन्य सरूवा रोग हो । तर यो पशुबाट मानिसमा सर्दैन ।
यस रोग भएका सँुगुर प्रजातिमा उच्च ज्वरो (१०४ देखि १०७ डिग्री), कान पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने छट्पटाउने जस्ता लक्षण देखिन्छन् । यस्ता लक्षण भएका सुँगर, बङ्गुर वा त्यसका पाठापाठी मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा सजिलै संक्रमण फैलिने चिकित्सकले बताएका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...