अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जामा सवारीसाधन चालकलाई लापसे चेकजाँच सुरु

news

 
 
वालिङ, ८ जेठ ।
स्याङ्जामा निजी तथा सार्वजनिक सवारीसाधन चलाउने चालकहरुलाई लागूपदार्थ सेवन गरे वा नगरेको थाहा पाउनका लागि लापसे अर्थात लागुपदार्थ सेवन चेकजाँच अभियान सुरु गरिएको छ । पुतलीबजार नगरपालिका – १ सिद्धार्थ राजमार्गस्थित विष्णुपधेंरा बसपार्कमा लागूपदार्थ सेवन चेकजाँच अभियानको पहिलो दिनमै प्रहरीले तीनजना चालकहरुले लागूपदार्थ सेवन गरी सवारीसाधन चलाइएको फेला पारेको थियो ।
पहिलो दिनमा करिब ३० जना सवारी चालकहरुको लापसे चेकजाँच गर्दा तीन जना चालकहरुले लापसे गरेको पाइएकोले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिनुभयो ।
स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले सडक दुर्घटना न्यूनीकरण एवं यात्रालाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले यो अभियानको सुरुवात गरिएको बताउनुभयो । ’यात्रा तथा यात्रुहरू सुरक्षित हुन् भन्ने हाम्रो चाहना हो । यसलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउँदा यात्रा तथा यात्रुहरु सबै सुरक्षित हुन्छन्’, एसपी न्यौपानेले भन्नुभयोे, ’आगामी दिनमा यो लापसे चेकजाँच अभियानलाई निरन्तरता समेत दिन्छौं ।’
सवारीसाधन चालकहरुलाई मल्टी ड्रग टेस्ट किटबाट परीक्षण गरिएको थियो । उक्त किटबाट लापसे गरे नगरेको भनेर पाँच मिनेटमै थाहा हुन्छ । लागूपदार्थ सेवनको परीक्षणका क्रममा भने पिसाब परीक्षण गरिन्छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...