अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

विद्यार्थीहरुबीच सृजनात्मक लेखन प्रतियोगिता, जिल्लाका ५ स्थानीय तहमा सम्पन्न

news

 
रेडियो आँधीखोला
वालिङ, ८ जेठ । 
गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा जिल्लाका विभिन्न स्थानिय तहका बालबालिका बीच सिर्जनात्मक लेखन प्रतियोगितालाई निरन्तरता दिएको छ । ११ वटा स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म ५ स्थानीय तहमा सिर्जनात्मक लेखन प्रतियोगिता सम्पन्न भएका छन् । २३ गते हुने जिल्लास्तरीय सृजनात्मक लेखन प्रतियोगिताका लागी स्थानीय तहमा प्रथम, द्धितिय र तृतिय भएका प्रतियोगिले भाग लिनेछन् । 
यसैक्रममा बुधबार अर्जुनचौपारी गाउँपालिकामा “वैदेशिक रोजगार, अवसर र चुनौती” शिर्षकमा प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा चिल्डेन एकेडेमीका छात्र गगन ढकाल प्रथम, अमरज्योति माविकी सुजिता विक द्धितिय र दरौँ माविकी आकृति तिवारी तृतिय हुनुभएको छ । प्रतियोगितामा पञ्चकन्य माविका अशोक ढकालले सान्तवना स्थान हासिल गनुभएको छ ।  
बालबालिकाको मौलिक विचारहरूलाई कलात्मक रूपमा लेखाइको माध्यमले अरुसमक्ष पु¥याउन, तार्किक क्षमताको विकास गर्न  र बालबालिकाहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्न सिर्जनात्मक लेखन कार्यशाला कार्यक्रम समावेश गरि हरेक स्थानीय तहमा यो प्रतियोगिता सञ्चालन गरिएको सामाजिक विकास कार्यालयका प्रमुख जिवन पौडेलले बताउनुभयो । सबै स्थानीय तह र जिल्लामा हुने प्रतियोगिताको स्थानिय तहको समन्वयमा सामाजिक विकास कार्यालयले व्यवस्थापन स्थानीय गर्दै आएको छ ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...