अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

१० महिनामा झन्डै १० हजार विद्युतीय गाडी आयात

news

 

  जेठ ८, चालू आर्थिक वर्षको १० महिनामा झण्डै १० हजार विद्युतीय गाडी आयात भएको छ । साउनदेखि वैशाख महिनासम्म २३ अर्ब १० करोड ५७ लाख मूल्य बराबरका ९ हजार आठ सय ५९ वटा विद्युतीय गाडी आयात भएको हो ।

यस अवधिमा चीनबाट ७ हजारभन्दा बढी र भारतबाट २ हजारभन्दा बढी विद्युतीय गाडी आयात भएका छन् । यस्तै, इन्डोनेसिया, कोरिया, जर्मनी, मलेसिया र अमेरिकाजस्ता देशबाट पनि विद्युतीय गाडी आयात भएको छ । आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक हुने मिति नजिकिँदै गर्दा विद्युतीय गाडीको आयात बढेको छ ।

सरकारले विद्युतीय गाडीमा कर बढाउन सक्ने आशङ्कामा व्यापारीहरूले अग्रिम रूपमा विद्युतीय गाडी भित्र्याउन थालेका हुन् । यसले गर्दा भन्सार कार्यालयहरूमा विद्युतीय गाडीको चाप बढेको छ । काठमाण्डौको चोभारमा रहेको सुक्खा बन्दरगाहसँगै तातोपानी र रसुवागढी नाकामा समेत विद्युतीय गाडीको चाप बढेको छ ।

कतिपय विद्युतीय गाडी कम्पनीहरूले ‘प्रि–बजेट अफर’ को नाममा उपभोक्तालाई विद्युतीय गाडी खरिद गर्न प्रोत्साहन गरिरहेका छन् । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...