समाचार
तेस्रो गल्याङ ट्यालेन्ट सो २०८२ उद्घाटन
वालिङ, ९ जेठ ।
गल्याङमा “तेस्रो गल्याङ ट्यालेन्ट सो २०८२” को उद्घाटन गरिएको छ । विहिबार एक समारोहका बीच नगरप्रमुख तथा नगर शिक्षा समिति अध्यक्ष गुरु प्रसाद भट्टराईले कार्यक्रमको उद्दघाटन गर्नुभएको हो । कार्यक्रममा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा विभिन्न सिर्जनात्मक विधामा विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नेछन्।
कार्यक्रम उद्घाटन गर्दै नगरप्रमुख भट्टराईले विद्यार्थीहरूमा लुकेका प्रतिभा उजागर गर्न यस्ता प्रतियोगिता अत्यन्त महत्वपूर्ण रहेको बताउँदै नगरपालिकाले दिगो विकास लक्ष्य हाँसिल गर्नका लागी विभिन्न योजनाहरु ल्याएको बताउनुभयो । उहांले शिक्षा क्षेत्रको समग्र विकासका लागि नगरपालिका निरन्तर प्रयासरत रहेको भन्दै शैक्षिक क्षेत्रको विकास बिना नगरको विकास संभव नरहेकाले शिक्षाको क्षेत्र र कृषिको क्षेत्रमा नगरले प्राथामिकताका साथ बजेट विनियोजन गरेको बताउनुभयो । कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरू सहभागी रहेको प्रतियोगिता भोलीसम्म सञ्चालन हुँनेछ ।
कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख, विद्यालयका शिक्षकहरू, अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।