अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

ढुंगा गिटि उत्खननमा संलग्न सवारीलाई नियन्त्रणमा

 
वालिङ, ९ जेठ । 
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ढुंगा गिटि उत्खननमा संलग्न सवारीलाई नियन्त्रणमा लिएको छ । नदिजन्य पदार्थ उत्खनन तथा ओसारपसार गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी अर्जुनचौपारीबाट खटिएको प्रहरी टोलीले अर्जुनचौपारी र पुतलीबजारका विभिन्न स्थानहरुबाट सवारी साधनलाई नियन्त्रणमा लिएको हो । 
ग १ क ३३११ नम्बरको जेसिबिर ग १ त५०२० नम्बरको ट्याक्टर अर्जुनचौपारी गाउँपालिका ४ घट्टे भन्ने स्थानमा दरौँ खोला किनारमा माटो ढुंगा उठाउँदै गरेको ट्याक्टर र ग १ त ५२२७ नम्बरको ट्याक्टर पुतलीबजार नगरपालिका वडा नं. १३ दरौँखेला स्थित पुलबाट अन्दाजी २०० मिटरबाट ढुंगा लोड गर्दै गरेको अवस्थामा उक्त ट्याक्टरलाई नियन्त्तणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 
ति सवारी साधनलाई सम्बन्धीत पालिकामा कारबाहीको लागी पठाईएको जिप्रकाका प्रहरी नायब उपरिक्षक प्रसन्नराज चौधरीले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...