समाचार
चापाकोटमा बंगुर तथा बंगुरजन्य पदार्थ ओसारपसारमा प्रतिबन्ध
वालिङ, ९ जेठ ।
स्याङ्जाको चापाकोटमा बंगुरमा स्वाईन फिबर देखिएपछि बंगुर तथा बंगुरजन्य पदार्थ ओसारपसारमा प्रतिबन्ध गरिएको छ । घरपालुवा सुंगुर, बंगुर र जंगली बँदेल प्रजाति विषाणुका कारण लाग्ने उच्च मृत्युरदर भएको अति खतरनाक महामारीजन्य अफ्रिकन स्वाईन फिबर नामक रोग प्रयोगशाला परिक्षणबाट चापाकोट नगरपालिका वडा नं. ९ स्थित एक किसानले पालेको बंगुरमा पुष्ठी भएको थियो ।
स्वाईन फिबरले छोटो समयमा नै महामारीको रुप लिन सक्ने भएकाले पशु स्वास्थ्य तथा पशु ऐन २०५५ को दफा १५ अनुसार अर्को सूचना जारी नभएसम्मका लागी चापाकोट नगरपालिकाबाट बंगुर तथा बंगुरजन्य पदार्थहरु अन्य क्षेत्रबाट ओसारपसार गर्न प्रतिबन्ध लगाईएको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरेद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।