समाचार
फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु
वालिङ, १० जेठ ।
स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको बृहत खानेपानी आयोजनाको काम सुरु भएको छ । फेदीखोला गाउँपालिका–१, र पोखरा महानगरपालिका–२१ का स्थानीयको घरघरमा धारासहित खानेपानी पु¥याउने उद्देश्यका साथ आयोजनाको शुभारम्भ गरिएको हो । आयोजनाको पहिलो चरमा फेदीखोला मट्टीखान बृहत खानेपानी आयोजना अन्तर्गत उपभोक्ता समिति गठन गरिएको छ । भेलाले सामाजिक व्यवसायिक व्यक्तित्व बिष्णु प्रसाद पोख्रेलको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिति गठन गरेको हो ।
उपझोक्ता समिति गठन कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले पालिकाको महत्वपूर्ण गौरवको योजना भित्र फेदीखोला मट्टीखान बृहत खानेपानी आयोजनाको काम अगाडि बढाइएको बताउनुभयो । उहांले संघिय सरकारको ९० प्रतिशत र स्थानीय सरकारको १० प्रतिशत गरेर ३८ करोड ५० लाख लागत अनुमानित लागत साझेदारीमा खानेपानी निर्माण हुने बताउनुभयो । अध्यक्ष सुववेदीले यस वर्ष १५ करोड ५० लाखको श्रोत सुनिश्चित भएर ठेक्का प्रकृया अगाडी बढेको समेत बताउनुभयो ।
मट्टीखान टोल विकास समिति अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षतामा भएको भेलामा गाउाँपालिकाकी उपाध्यक्ष देऊ कुमारी गुरुङ, वडा अध्यक्ष, सदस्य लगायतका जनप्रतिनिधि, स्थानीय उपभोक्तहरुको सभागिता रहेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीका स्वकीय सचिव वुद्धिसागर पोखरेलले बताउनुभयो ।