अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

कम्प्युटर, सेनेटरी भेन्टिङ मेसिन तथा छात्रवृत्ति वितरण

news

 
वालिङ, १० जेठ । 
जनप्रिय माध्यमिक विद्यालय भीरकोट ५ सिम्लेमा कम्प्युटर, सेनेटरी भेन्टिङ मेसिन तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको  छ । 
क्लबका  म्ष्कतचष्अत ३२५ ः नेपालका गभर्नर तथा जनप्रिय माध्यमिक विद्यालयका पूर्व विद्यार्थी एःव्ँ चण्डी प्रसाद अर्यालको पहलमा विद्यालयलाई उक्त उपकरणहरु प्रदान गरिएको हो । उक्त कार्यक्रममा एःव्ँ अर्यालले विद्यालयको लागि एक थान कम्प्युटर र सेनेटरी भेन्टिङ मेसिन प्रदान गर्नुभएको होे । कार्यक्रममा बोल्दै अर्यालले बाँचुन्जेल मानव सेवामा लागिरहने बताउँदै विद्यार्थीलाई लगनशील भएर अध्ययन गर्न ,अध्ययन सँगै आफ्ना व्यक्तिगत कार्यहरू आफै गर्न प्रोत्साहन गर्दै विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गर्नु भयो । साथै अर्यालद्धारा स्थापित चण्डी अर्याल अक्षयकोषद्धारा ३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । 
कार्यक्रममा लायन्स क्लब अफ भीकोटका संस्थापक अध्यक्ष याम प्रसाद अधिकारीले सदैव मानवीय सेवामा लागिरहने बताउनु भयो। कार्यक्रममा क्लस्टर प्रमुख यादव प्रसाद पोख्रेल, जगदिश प्रसाद कोइराला,शिक्षक अभिवक संघ अध्यक्ष चोलाकान्त पौडेल लगायतले आफ्ना भनाइहरु राख्नु भएको थियो। लायन्स क्लब अफ भीरकोटका अध्यक्ष ढाकाराम खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र कुमार खाँडले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन लायन्स क्लव अफ भीरकोट सचिव लायन इन्दिरा के सीले गर्नु भएको थियो।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...