समाचार
वालिङ नगरपालिकाद्धारा आधारभुत तथा माध्यमिकका शिक्षकहरुलाई आईटि तालिम
वालिङ, १० जेठ ।
वालिङ नगरपालिकाले आधारभुत तहका शिक्षकहरुलाई आईटि सम्बन्धी तालिम प्रदान गरेको छ । नगरपालिकाले आधारभुत तथा माध्यमिक तहका आईटि स्रोत शिक्षकहरुका लागी ५ दिने सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिम शुक्रबार सम्पन्न भएको हो । तालिमको समापन गर्दै उपप्रमुख कविता तिवारी गैह्रेले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागी विद्यालय तहमा सूचना प्रविधि सम्बन्धी कार्यक्रम सञ्चालनगरिएको भन्दै आगामी बजेट तथा कार्यक्रममा विद्यालय शिक्षाको गुणस्तर सुधारका लागी थप बजेटको व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
तालिममा आधारभुत र माध्यमिक तह सञ्चालित २५ वटा सामुदायिक विद्यालयका २५ जना आईटि स्रोत शिक्षकहरुको सहभागिता रहेको थियो । दैनिक प्रशासनिक कार्यलगायत शिक्षण सिकाई कार्यमा सूचना तथा प्रविधिको प्रयोगलाई बढवा दिनका लागी कार्यक्रमको आयोजना गरिएको हो । सूचना तथा प्रविधिको प्रयोगले विद्यार्थीहरुको शिक्षण सिकाई क्रियाकलापलाई थप रोचक र प्रभावकारी बनाउनका लागी शिक्षकहरुको क्ष्मता विकास तालिमको आयोजना गरिएको हो ।
कार्यक्रममा वालिङ नगरपालिका सूचना तथा सञ्चार साखा प्रमुख माधवप्रसाद न्यौपाने र जनहित माध्यमिक विदालयका प्रअ मातृका अर्यालले सहजीकरण गर्नुभएको थियो । समापन कार्यक्रममा सामाजिक विकास समिति संयोजक युगमाया पंगेनीको समेत उपस्थिति रहेको थियो कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत दुर्गा न्यौपानेले गर्नुभएको थियो ।