अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

अध्यक्षले बोलाउनै छाडे कार्यपालिका बैठक

news

 
वालिङ, ११ जेठ । 
स्याङ्जाको फेदिखोला गाउँपालिकाका अध्यक्षले कार्यपालिका बैठक बोलाउन छाडेपछि वडाअध्यक्षहरुले ज्ञापनपत्र बुझाएका छन् । झण्डै ३ महिना देखी फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले कार्यपालिका बैठक नडाकेपछि वडाअध्यक्षहरुले विभिन्न माग राखेर ज्ञापनपत्र बुझाएका हुन् । फेदिखोला गाउँपालिका १ का वडा अध्यक्ष अमृत क्षेत्रीको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यपालिका बैठक छिट्टै बोलाउन भन्दै विभिन्न माग राखेर ज्ञापनपत्र बुझाएका छन् ।
गाउँपालिकाका अध्यक्षले ज्ञापनपत्र बुझ्न समय नदिएपछि प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएको वडाअध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो । वडाअध्यक्षहरुले बुझाएको ज्ञापनपत्रमा स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार पालिकाको बैठक प्रत्येक महिनाको एकपटक बस्नुपर्ने व्यवस्था भएपनि झण्डै ३ महिनादेखी बैठक नहुँदा वडास्तरीय योजनाहरु संचालनमा कठिनाई हुने गरेको जनाएका छन् ।  
अर्कोतर्फ स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ४ को दफा १९ बमोजिम बर्षको २ पटक गाउँसभा बस्नुपर्नेमा हिँउदे गाउँसभा नै आब्हान नगरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीयले कार्यपालिका बैठक नै नबोलाई सिंगो गाउँपालिकालाई बन्धक बनाउने रणनीतिमा लागेको आरोप वडाअध्यक्ष क्षेत्रीको आरोप छ । यस बिषयमा गाउँपालिका अध्यक्ष सुवेदीलाई फोन सम्पर्क गर्दा सम्पर्कमा नआएपछि प्रमुख प्रशासकीय अधिकृत पौडेलले आफु बिरामी भएको खबर म्यासेज मार्फत पठाउनुभएको थियो ।
वडाअध्यक्षहरुले उठाएका मागहरुमा पालिका अध्यक्षले बेवास्था गरेमा अन्य थप आन्दोलनका कार्यक्रम अगाडी बढाउने चेतावनी समेत दिएका छन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...