समाचार
अभिमुखिकरण कार्यक्रम
वालिङ, १२ जेठ ।
निजी तथा आवासीय विद्यालय अर्गानाईजेशन नेपाल प्यावसन जिल्ला कार्य समिति स्याङजाको आयोजनामा सामाजिक सुरक्षा कोष सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम स्याङजामा सम्पन्न भएको छ । कार्यक्रममा प्यावसनका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद अधिकारीले निजी संस्थाहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुदा हित हुने बताउनुभयो । उहाँले नयाँ शिक्षा ऐनमा निजी विद्यालयहरुको लगानीलाई सुनिश्चित गर्न सरकारलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्यावसनका सह अध्यक्ष गोपाल आचार्य र प्याव्सनका केन्द्रय सदस्य होमकान्त गौतम लगाएतले मन्तव्य राख्नुभएको थियो । प्याव्सन केन्द्रका कानुनी सल्लाहकार हरी भट्राइर्लले प्रशिक्षण दिनुभएको प्यावसन स्याङजाका पूर्व वरिष्ठ उपाध्यक्ष ध्रुवबन्धु पौडेलले जानकारी दिनुभयो । निजी तथा आवासीय विद्यालय अर्गानाईजेशन नेपाल प्यावसन जिल्ला कार्य समिति स्याङजाका अध्यक्ष राजेन्द्र बहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव हरि प्रसाद अर्यालले गर्नुभएको थियो भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष यामप्रसाद डुम्रेले राख्नुभएको थियो ।