अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

सरसफाइ सामाग्री वितरण

 
वालिङ, १२ जेठ । 
स्याङ्जामा अपागता भएका व्याक्तिहरुलाई पौष्टिक आहार तथा व्याक्तिगत सरसफाइ सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । पुतलीबजार नगरपालिका १ नं वडा कार्यालय स्याङ्जाको सहयोग तथा अपागता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र –नेपाल पुतलीबजार –१ स्याङ्जाको आयोजनामा पुतलीबजार नगरपालिका वडा नं १ भित्र स्थायी वसोवास गर्ने ४३ जनालाई सामाग्री वितरण गरिएको हो । 
कार्यक्रमको शुभारम्भ गर्दै पुतलीबजार नगरपालिका वडा नं १ का वडा अध्यक्ष उतम प्रसाद श्रेष्ठले अपागता भएका व्याक्तिहरुको उचित लालनपोषण र नियमित सरसफाइमा परिवारले विषेश रुपमा ध्यान दिन यस्ता कार्यक्रमले सन्देश दिने वताउदै विगतदेखी नै वडा कार्यालय र नगरपालिकाले अपांग लक्षीत विभित्र कार्यक्रम गरिरहेको र आगामी दिनमा समेत निरन्तरता दिने प्रतिवद्ता व्यक्त गर्नुभयो । 
कार्यक्रममा वडा सदस्य विष्णुकुमार श्रेष्ठ, वडा सचिव राम शर्मा पोखरेल, स्याङ्जा वहिरा संघका अध्यक्ष संजीव श्रेष्ठ  लगायतले यश संस्थाले वडा, नगरपालिका, प्रदेश सरकार लगायतका सरोकारवाला निकायहरुसंगको सहकार्य मा महत्त्वपूर्ण र प्रभावकारी गतिविधि गरिरहेको वताए । उक्त कार्यक्रम को सहजिकरण आयोजना संस्था अपांगता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र –नेपाल पुतलीबजार –१ स्याङ्जा का अध्यक्ष युवराज पराजुलीले गर्नुभएको थियोे ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...