अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

बैंकिङ कसुरका फरार अभियुक्ता पक्राउ

 
वालिङ, १२ जेठ । 
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फरार अभियुक्तालाई पक्राउ गरेको  छ। रुपन्देहीको मायाँदेवि गाउँपालिका वडा नंं ८ सुनारटोलका ३२ वर्षीय राज सुँनार पक्राउ परेका हुन् । सुँनारलाई चेत्र बाउन्सको आरोपमा सहन शाह अलिले प्रहरीलाई उजुरी दिएपछि सुँनार पक्राउ परेका हुन् । शाहले दिएको २ लाखको चेक बाउन्स भएको भनी अलिले बैसाख १० गते प्रहरीलाई उजुरी दिएपछि प्रहरी कार्यालय स्याङ्जाको सर्कुलरमा प्रहरीले सुनारलाई घरबाटै नियन्त्रणमा लिई जिल्ला अदालत स्याङ्जाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाईएको प्रहरी नायब उपरिक्षक प्रशन्नराज चौधरीले बताउनुभयो । 
त्यस्तै प्रहरीले धेरै चर्को आवाज दिने मोटरसाईकललाई नियन्त्रणमा लिएको छ । धेरै चर्को हर्न बजाएर वातावरण प्रदुषण गर्ने, स्वरुप परिर्वतन गरी मोटरसाईकल चलाउने जनगुनासो आएपछि प्रहरीले क्रस फाएर मोटरसाईकल नियन्त्तणमा लिएको  छ। प्रहरीले फँेदिखोला गाउँपालिका १ रामबोट स्थित ठुलो आवाजमा मोटरसाईकल चलाएको अवस्थामा नियन्त्रणमा लिई यातायात साखामा कारबाहीको लागी पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले बा ६८ प ३०७९ नम्बरको क्रस फाएर २५० सिसिको मोटरसाईकलाई नियन्त्रणमा लिएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...