अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

सामाजिक विकासको सिर्जनात्मक लेखन गृहकार्य, कालीग्ण्डकीमा प्रतियोगिता सम्पन्न

news

 
वालिङ, १२ जेठ । 
गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा जिल्लाका विभिन्न स्थानिय तहका बालबालिकाहरुका बीचमा सिर्जनात्मक लेखन प्रतियोगिता भईरहेका छन् । यसै अन्र्तगत आईतबार कालीगण्डकी गाउँपालिकामा प्रतियोगिता सम्पन्न भएको छ । सामाजिक विकास कार्यालयले विद्यार्थीहरुलाई विभिन्न ३० विद्यामा विदाको समय सदुपयोगका लागि जिल्लाका सबै पालिकाका विद्याथीहरुलाई गृहकार्य दिएको थियो ।
कालीगण्डकी गाउँपालिकामा “मैले चाहेको मेरो समाज” शिर्षकमा प्रतियोगिता सम्पन्न गरेको हो ।   प्रतियोगितामा सत्यदेवी मा.विकी छात्रा पूर्णिमा न्यौपाने प्रथम, भवानी मा.विकी छात्रा पल्पसा घिले  द्धितीय, भगवती  माविकी छात्रा रितिका पाण्डेले तृतीय स्थान प्राप्त गर्नुभएको छ । प्रतियोगितामा देउराली  मा.वि. की छात्रा दिपिका श्रेष्ठले  सान्त्वना स्थान हासिल गर्नुभएको छ । 
विरुवा गाउँपालिकाबाट गत वैशाख अन्तिम देखि सुरु भएको प्रतियोगिता आईतबार कालीगण्डकीमा भएसंगै ७ पालिकामा सम्पन्न भएको हो । अब बाँकी रहेका ४ पालिकामा प्रतियोगिता भएपश्चात यही जेठ २२ गते जिल्लास्तरीय रुपमा प्रतियोगिता गरिने सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बताउनुभयो । ११ पालिकाका उत्कृष्ट ३ भित्र पर्न सफल विद्यार्थीहरु जिल्लास्तरीय प्रतियोगितामा भाग लिनेछन् ।
११ वटा स्थानीय तह रहेको जिल्लामा वालिङ, चापाकोट र भीरकोट नगरपालिका तथा विरुवा, अर्जुनचौपारी, हरिनास र कालीग्ण्डकी गाउँपालिकामा गरी ७ स्थानीय तहमा सिर्जनात्मक लेखन प्रतियोगिता गरिएको हो । सबै स्थानीय तह र जिल्लामा भएका प्रतियोगिताको समन्वय स्थानीय तहले र व्यवस्थापन सामाजिक विकास कार्यालयले गर्दै आएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...