समाचार
दिव्यज्योतीको साधारणसभा सम्पन्न
वालिङ, कार्तिक १२
स्याङजाको सरदमुकाम पुतलीबजार नगरपालिका कार्यक्षेत्र रहेको दिव्यज्योती वचत तथा ऋण सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा एक कार्यक्रमका विच सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्थीले अहिलेका सहकारीहरुले छरीएर हरेको रकम संकलन गरी समाज विकासमा लगानी गरेका हुदा दिव्यज्योतीले पनि छरीएर रहेको रकम संकलन गरी स्याङ्जामा लगानी गर्न अनुरोध गरे । दिव्यज्योतीले कृषि क्षेत्रमा लगानी गरेकोमा पन्थीले सहकारीको प्रशंसा समेत गरे ।
कार्यक्रममा प्रहरी उपरीक्षक देबबहादुर बोगटी, डिभिजन सहकारी कार्यालयका प्रमुख फर्सुराम भट्टराई, निवृत्त राष्ट्र सेवक सहकारीका अध्यक्ष हेमराज अर्याल, दिव्यज्योती सहकारीका सुरेन्द्रराज पौडेल र सहकारीका कानुनी सल्लाहाकार प्रकाश अर्याल लगायतले मन्तव्य राखेका थिए ।
सोही अवसरमा सहकारीबाट उत्कृष्ट वचत कारोवार गर्ने महेशप्रसाद गुप्ता, उत्कृष्ट ऋण कारोवार गर्ने मिलन अर्याल र एस.एल.सी. मा उत्तीण हुने शेयर सदस्यको छोरी सविना खनाललाई सम्मानीत गरिएको थियो ।
कृषी क्षेत्रमा बढी लगानी गर्दै आएको सहकारीको चुक्ता पुजी ५८ लाख ४९ हजार रहेको छ भने निक्षेप एक करोड ४६ लाख ४३ हजार चार सय ४५ रुपैया रहेको सहकारीका प्रबन्धक जगत गौमले जानकारी दिए । सहकारीले कृषि, शैक्षिक, सवारी साधन, व्यपार र आवास लगायतका क्षेत्रमा लगानि गर्दै आएको छ ।
कार्यक्रममा सहकारीका अध्यक्ष भुमिजंग के.सी.ले आगामी कार्यक्रम सहित बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष निलकण्ठ लामिछानेले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
दिव्यज्योती वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भुमिजंग केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव नामदेव खनालले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष वुद्धिसागर त्रीपाठीले गर्नुभएको थियो ।