अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

पयोनियर्स हायर एजुकेसन ऐकेडेमीद्धारा शिक्षक सम्मान

news

 
रेडियो आँधीखोला
वालिङ, १४ जेठ । 
पयोनियर्स हायर एजुकेसन ऐकेडेमी वालिङ १० ले शिक्षक सम्मान कार्यक्रम गरेको छ । सिटिईभिटिद्धारा सम्बन्धन प्राप्त विद्यालयले मंगलबार एक कार्यक्रमका बीच शिक्षक सम्मान गरेको हो । २०५३ सालदेखि विद्यालयको सिएमएको अध्यापन हुँदै आएको छ । 
२०५३ देखि जसमा सिएमए शिक्षकहरु स्वाँ श्रेष्ठ, कमल पाण्डे, र  उदयराज पौडेल २०७८ सम्म विद्यालयलाई अनवरत सेवा गर्नुभएको भन्दै विद्यालयले उहाँहरुलाई सम्मान गरेको हो । कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक कमल ढुंगाना र पिन्सीपल मेघराज गैह्रेले पायोनियर्समा अहिलेको अवस्थासम्म पु¥याउनका लागी विगतदेखि वर्तमान शिक्षकहरुको महत्वपुर्ण हात रहेको बताउँदै सम्मानित व्यक्तित्वहरुलाई बधाई व्यक्त गर्नुभयो । 
कार्यक्रममा सम्मानति व्यक्तित्व स्वां श्रेष्ठले २०५३ सालमा पायोनियर्समा सिएमए शिक्षण गराउँदा धेरै अभावका बीचमा पनि राम्रो नजिता ल्याउन सफल भएको समयलाई स्मरण गर्नुभयो । त्यस्तै अर्को सम्मानित व्यक्ति उदय पौडेलले आफ्नो विद्यार्थी जिवन काल र अध्ययपन गर्दाको समयलाई स्मरण गर्दै अहिलेको विद्यार्थीहरुलाई धेरै सुविधाहरु रहेको भन्दै त्यसका बाबजुद पनि गुणस्तरीय शिक्षाको अभिवृद्धि हुन नसक्नु दुखद रहेको बताउनुभयो । 
त्यस्तै सम्मानित व्यक्ति वालिङ नगरपालिका स्वास्थ्य साखाप्रमुख समेत रहनुभएका कमल पाण्डेले जिल्लाका विभिन्न स्वास्थ्य क्षेत्रमा ३० प्रतिशत उत्पादन पाईनियसका विद्यार्थी रहेको बताउँदै यसमा खुसीको पक्ष रहेको बताउनुभयो ।  
कर्यक्रममा भाईस प्रिन्सीपल केशव भट्राई, सहायक क्याम्पस प्रमुख शंकर खनाल, विद्यालय कार्यक्रम प्रमुख शंकर खनाल तथा विभागि क्याम्पस प्रमुख एवं शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत हिमनिधि पंगेनी र सञ्चालन शिक्षक नासर खांले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...