समाचार
स्व.सुवेदीको स्वर्गारोहाणको ९औँ दिनमा शोक सभा
रेडियो आँधीखोला
वालिङ, १४ जेठ ।
नेपाली कांगे्रस वालिङ नगर कार्यसमितिका पुर्व कार्यबहाक सभापति एवं सामुदायिक वन उपभोक्ता महासंघका पुर्व केन्द्रिय अध्यक्ष स्व. भिमलाल सुवेदीको स्वर्गारोहणको ९औँ दिनको पुण्य तिथिका अवसरमा नेपाली कांगे्रस वालिङ नगरसमितिले शोक सभा सम्पन्न गरेको छ ।
नेपाली कांगे्रस वालिङ नगरसमितिको आयोजनामा मंगलबार वालिङ ८ स्थित धाराकौ चौर भगवती मन्दिर प्रांगणमा आयोजित शोक सभामा बोल्दै नेपाली कांगे्रस गण्डकी प्रदेश सदस्य धु्रवप्रसाद शर्मापंगेनी, जिल्ला कार्यबहाक सभापति केदार काफ्ले, पुर्व जिल्ला कार्यबहाक सभापति मुक्तिप्रसाद सुवेदी, जिल्ला सचिव दामोदर लम्साल, महासमिति सदस्य तथा पुर्व क्षेत्रिय सभापति अर्जुनप्रकाश अर्याल, क्षेत्र नं. २ प्रदेश १ का सभापति अर्जुनप्रसाद खनाल, नेता जिवलाल काफ्लेलगायतका वक्ताहरुले सुवेदीको निधनले सिंगो पार्टीलाई अपुरणिय क्षति भएको बताउनुभयो ।
स्व. सुवेदीले समाज परिर्वतन तथा पार्टीको सुदृढिकरणका लागी खेलेको भुमिका अतुलनीय रहेको वक्ताहरुले बताउनुभएको थियो । कार्यक्रम नेपाली कांगे्रस नगरसभापति नेत्रप्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन क्षेत्रिय सचिव फणिनारायण रेग्मीले गर्नुभएको थियो ।