समाचार
वालिङ बृहत् खानेपानी आयोजनाको डिपिआर सार्वजनिक
रेडियो आँधीखोला
वालिङ, १४ जेठ ।
वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बृहत् खानेपानी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक गरेको छ । मंगलबार नगरपालिका सभाहलमा आयोजित वालिङ बृहत खानेपानी परियोजना प्रतिवेदन डिपिआर सम्बन्धी अन्तृक्रियामा उक्त डिपिआर सार्वजानिक गरिएको हो । डिपिआर ‘नियात्रा कन्सल्टेन्ट’ले तयार पारेको हो ।
आयोजना पहिलो चरणमा वालिङ नगरपालिकाका ९ वटा वडामा (१, २, ६, ८, ९, १०, ११, १२, १३) लागू गरिनेछ । आयोजनाबाट ७ हजार २ सय ७१ घरधुरीका २७ हजार १ सय ३७ नागरिक लाभान्वित हुनेछन्। उक्त बृहत खानेपानी आयोजना नेपाल सरकारको ९० प्रतिशत र १० प्रतिशत उपभोक्ताको लागत साझेदारीमा सम्पन्न हुँनेछ । ६९ करोड ६४ लाख १४ हजार ३९ रुपैँयाको लागत साझेदारीमा सम्पन्न हुने आयोजनाका लागी ६ करोड ९६ लाख ४१ ह्जार ४०३ रुपैँया उपभोक्ताले बेर्होनुपर्नेछ । यो आयोजनाबाट ६१ लाख ३ हजार ३४६ लिटर पानी दैनिक वितरण हुनेछ ।
कार्यक्रममा नगरप्रमुख कृष्ण खाँणले आयोजना निर्माण गर्न सवै पक्षको सहयोग र पहल आवश्यक रहेको वताउनुभयो । डिपिआर अनुसार ११ वटा स्किममा कार्य हुनेछ भने १५ वटा टं्याङकी र ४ वटा पम्प हाउस निर्माण गरिनेछ । करिब १३५ किलोमिटर पाइपलाइन जडान गरिने छ । संघीय खानेपानी आयोजना सिडिई कुल प्रसाद पौडेलले हालका संरचनाहरूलाई डिपिआरमा समेटिएको जानकारी दिनुभयो । आयोजनाबाट व्यवस्थित रूपमा वस्तीमा खानेपानी पुर्याउने लक्ष्य रहेको उहांले बताउनुभयो ।
खानेपानी जनताको मौलिक हक भएकाले सबै वडामा पानी पुर्याउने दीर्घकालीन लक्ष्य राखिएको आयोजकले जनाएको छ । डिपिआर सम्बन्धी अन्तरक्रिया कार्यक्रममा वडाका खानेपानी उपभोक्ता समितिका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार, सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। कार्यक्रम शाना शहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष विद्या श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष कल्पना अर्याल सचिव टेकलाल खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।